कतारबाट दुई महिनापछि शव ल्याइयो
माघ १० –
सवारी दुर्घटनामा परी कतारमा ज्यान गुमाएका खोटाङका एक यूवाको शव स्वदेश ल्याइएको छ ।
सवारी दुर्घटनामा परी गत मंसिर ९ गते ज्यान गुमाएका रतन्छा–२ का हरीप्रसाद फुयाँलको शव स्देश फिर्ता ल्याइएको हो । सिडिसी कम्पनीमा कुकरको रुपमा कार्यरत फुयाँलको दुर्घटनामा ज्यान गएको थियो । कामदारहरुलाई खाना पकाउने काम गर्दै आएका फुयाँलको शव गाउँमा ल्याएर अन्त्येष्टि गरिएको आफन्तले बताएका छन् ।
सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रको पहलमा स्वदेश फिर्ता ल्याइएको हो । मृतक परिवारले सहयोगकालागि दिएको निवेदनको आधारमा सुचना केन्द्र तथा प्रवासी नेपाली समन्न्वय समितिको पहलमा शव स्वदेश ल्याइएको सुरक्षित आप्रवाशन परियोजनाका कार्यक्रम संयोजक नबिन्द्र राईले बताउनुभयो । शव फिर्ता ल्याइएसँगै मृतकका परिवारले पाउने राहत तथा क्षतीपुर्तीका लागि पहल थालिएको छ ।
Post a Comment