बालकद्वारा बालिका बलात्कृत
, माघ ११ -
सुनसरीको राजगञ्ज शिनुवारीमा ६ वर्षकी बालिका बलात्कृत भएकी छन् ।
स्थानीय एक १३ वर्षका बालकले ६ बर्षिय बालिकालाई बलात्कार गरेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार २–३ दिन अगाडि घरमै कोही नभएको समयमा बालकले मुख थुनेर आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । इलाका प्रहरी कार्यालय देबानगञ्जले पीडितको उजुरीका आधारमा बलात्कार गर्ने बालकलाई नियन्त्रणमा लिएको छ ।
पीडित बालिका र पीडक बालको कोशी अञ्चल अस्पताल बिराटनगरमा स्वास्थ्य जाँच गरिएको र घटनाबारे अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । घटना २ दिन अगाडी नै भएको र प्रहरीले पनि शुक्रबार बेलुकी मात्र जानकारी पाएको उहाँले बताउनुभयो
Post a Comment