0
सहिद सप्ताह मनाउन मूल समारोह समिति गठन
 ८ माघ ।
 
काठमाडौँ महानगरपालिकाले यस वर्ष ‘सहिद सप्ताह’ मनाउन महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।
 
सो समितिको सदस्य सचिवमा महानगरपालिका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटा हुुनुहुन्छ । 
 
त्यस्तै सदस्यहरुमा सबै राजनीतिक दलबाट महानगरपालिका संयन्त्रमा प्रतिनिधित्व गर्ने  प्रतिनिधिहरु, काठमाडौँका जिल्ला शिक्षा अधिकारी, काठमाडौँ उपत्यकाका सबै जिल्ला विकास अधिकारीहरु, उपत्यकाका उपनगरपालिका र नगरपालिकाका कार्यकारी अधिकृतहरु, महानगरपालिकाका सबै आयोजना प्रमुख तथा महाशाखा प्रमुख, नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, महानगरपालिका वडा नं ७, १२ र १५ का प्रशासकीय प्रमुखहरु रहनुभएको छ ।  
 
यही माघ १० देखि १६ गतेसम्म विभिन्न सहिदले शहादत प्राप्त गरेका स्थानमा  श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा र  १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गरेका स्थान क्रमशः टेकु, सिफल र शोभा भगवतीमा कार्यक्रम गरिने छ ।
 
माघ १६ गते लैनचौरस्थित सहिद स्मारकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, विद्यार्थीहरु, कर्मचारीको सहभागितामा ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको समितिका सदस्य सचिव सापकोटाले बताउनुभयो । 

Post a Comment

 
Top