विद्युत्् चोरी नियन्त्रण अभियान सुरु, चुहावट गरेको स्वीकारे कारबाही नगरिने
८ माघ ।
नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले जिल्लामा चुहावट नियन्त्रण गर्न कार्ययोजना तयार गरी विद्युत्् चुहावट नियन्त्रण अभियान थालेको छ ।
विद्युत् चुहावट भएपछि प्राधिकरणले तालिकाभन्दा थप तीन घन्टा बढी विद्युत् कटौती गरेकामा सर्वत्र विरोध भएपछि थप विद्युत् कटौती हटाउन प्राधिकरणले यो अभियान सुरु गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, विभिन्न दलका जिल्ला प्रतिनिधि र सरोकारवाला समेतको संयुक्त बैठकपछि प्राधिकरणले चुहावट नियन्त्रण कार्ययोजना तयार पारेर अभियान सुरु गरेको प्राधिकरणका भक्तपुर शाखाका इन्जिनियर लखन शाहले जानकारी दिनुभयो ।
यसका लागि प्राधिकरणको बागमती क्षेत्रीय कार्यालयका प्रमुख रामेश्वरप्रसाद कलवारको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि एवम् सरोकारवाला सहितको एक समिति गठन गरिएको छ ।
प्राधिकरणले विभिन्न प्रक्रिया अपनाएर विद्युत्् चुहावट गरिरहेका उपभोक्ताले यही माघ मसान्तभित्र त्रुटि सुधारका लागि लिखित रुपमा निवदेन दिएमा प्राधिकरणले कुनै कारबाही नगरी मर्मत गरिदिने भएको छ । निवदेन नदिएका तर अनुगमनका क्रममा दोषी देखिए त्यस्ता उपभोक्तालाई भने नियमानुसार कडा कारबाही गरिने भएको छ ।
त्यसैगरी, चुहावट नियन्त्रणका लागि पोष्टर, पम्प्लेट बनाएर टाँस्ने, प्रचारप्रसार गर्ने, गाउँ तथा नगरमा कति विद्युत्् खपत भइरहेको छ त्यसको जानकारीका लागि प्रत्येक फिडरका बस्ती बस्तीमा विद्युत्् खपत देखाउने मेसिन जडान गरी मापन गर्ने कार्य गरिने छ ।
चुहावट नियन्त्रणका लागि विभिन्न ठाउँमा जीर्ण बनेको तार फेर्ने, पुरानो मिटर फेर्ने, ज्वाइनहरु टाल्ने, स्थानीय टोलटोलमा गोष्ठी एवम् छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । तीन चरणसम्मको अभियानमा पनि विद्युत्् चुहावट नियन्त्रणमा नआए हालै हटाइएको थप विद्युत्भार कटौती पुनः सुचारु गर्ने रणनीति प्राधिकरणले तयार पारेको छ ।
शाखाका अनुसार दुई वर्षअघि ५१ प्रतिशतसम्म विद्युत््् चुहावट हुँदै आएको भक्तपुरमा गत वर्ष ३८ प्रतिशतमा झरेको थियो । तर चालु आर्थिक वर्षको चार महिनामा भने विद्युत््् चुहावट फेरि बढेर अहिले ४२ प्रतिशत पुगिसकेको छ ।
प्राधिकरण भक्तपुर शाखाको तथ्याङ्कअनुसार नलिञ्चोक फिडरमा ४५ प्रतिशत, ब्रिक (बजार) फिडरमा ४४ प्रतिशत, व्यासी फिडरमा ४३ प्रतिशत, नगरकोट फिडरमा ४३ र इन्डस्ट्रिज फिडरमा १७ प्रतिशत विद्युत््् चुहावट भइरहेको छ । साउन र भदौमा ४२ प्रतिशत विद्युत््् चुहावट भएकामा असोजमा ४३ प्रतिशत र कात्तिकमा ४४ प्रतिशत पुगेको छ ।
Post a Comment