गोरखालीलाई शोषण गर्यो : राजनैतिक दल
ब्रिटिस सरकारले भुपु गोरखा सैनिकलाई चरम शोषण गरेको धरानका स्थानिय राजनैतिक दलका नेताहरुले बताएका छन् । चरम शोषणकै प्रतिरोध स्वरुप गोरखा सैनिकको सत्याग्रह आन्दोलन शुरु भएको बताउँदै उनीहरुले सत्याग्रह आन्दोलन औचित्यपुर्ण रहेकोले यसलाई टुंगोमा पुर्याउन सहयोग गर्नुपर्ने बताएका छन् ।
विएसी न्युज साप्ताहिकले शुक्रबार धरानमा गरेको ब्रिटिस गोरखा सत्याग्रह आन्दोलन सम्बन्धि नागरिक अन्र्तक्रियामा बोल्दै नेताहरुले गोरखा सैनिकले शुरु गरेको यस आन्दोलनमा राजनैतिक तवरवाट सहयोग गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य तथा भुपु गोरखा सैनिक चन्द्रबहादुर खापुङले ब्रिटिस सरकारले गोरखालाई विशेष गरी पेन्सनमा अन्यायपुर्ण भेदभाव गरेको बताउँदै यस सम्बन्धमा नेपाल सरकारले चासो नराखेकाले भुपुको आन्दोलन फितलो बन्ने गरेको बताएका थिए । उनले संसदमा भुपु गोरखा सैनिकका आवाजहरु उठाउने शक्तिको अभाव भएकाले सरकार गैरजिम्मेवार बनेको उनको भनाई थियो ।
संघीय समाजवादी पार्टीका केन्द्रिय सदस्य ध्यानबहादुर राईले भुपु गोरखाहरुले बेलायती सेना सरह बहादुरी देखाएकाले समान सेवा, सुविधा, अवसर र हैसियत हुनुपर्ने बताएका थिए । भुपु गोरखामाथिको विभेद नेपालका लागि अन्तर्रराष्ट्रिय समुदायमा लाजमर्दो विषय भएको उनले बताएका थिए । नागरिक अनुगमन सरोकार समाजका अध्यक्ष तिलक राईले भुपु गोरखाका हक अधिकारका सम्बन्धमा नेपाल सरकारले कुटनैतिक पहल शुरु गर्नुपर्ने बताएका थिए ।

Post a Comment