नेपालका ‘चर्चित’ पत्रकार ऋषि धमलामाथि प्रहरीमा भर्ना गरिदिने भन्दै पैसा असुलेको आरोप लागेको छ । डढेलधुरा घर भएकी एक युवतीले प्रहरीमा भर्ना गरिदिने भन्दै धमला र अर्को एक व्यक्तिले मिलेर दुई लाख रुपैयाँ खाएको भन्दै अख्तियारमा उजुरीसमेत दिएकी छिन् । यसरी दुई लाख पैसा बुझाउँदासमेत प्रहरीमा आफ्नो नाम ननिस्केको र पैसा बुझाएको तीन महिना बितिसक्दा पनि पैसा फिर्ता नपाएपछि अहिले ती युवतीको बिचल्ली भएको छ । आर्थिक अवस्था निकै कमजोर भएकी ती युवती यति बेला उनी आफ्नो साथीको डेरामा बस्दै आएकी छिन् । डडेलधुरा चिपुर गाविसकी बसन्ती कुमारी कठायतले २०७० साल भदौ २८ गते दिपायलमा प्रहरी भर्नाको दौरान आफूलाई भुपु प्रहरी बताउने रामसिंह धामी नाम गरेका व्यक्तिलाई भेटेका थिए । दार्चुला घर भएका धामीले पैसा लिएर प्रहरीको सिपाहीमा भर्ना गरिदिने थाहा पाएपछि कठायतले पनि उनीसित सम्पर्क गरेका थिए । धामीले दुई लाख रुपैयाँ दिए आफूले सेटिङ्ग मिलाएर सजिलै नाम निकाल्दिने आश्वासन दिएपछि भेटको करिब १० दिनपछि उनले धामीलाई दुई लाख रुपैयाँ बुझाएकी थिइन् । कठायतका अनुसार त्यसरी पैसा बुझाउनेमा उनी लगायत अन्य थुप्रै रहेका छन् । ती मध्ये कतिको नाम निक्लिेको छ भने कतिको छैन । ‘नाम निक्लिनेको त भैहाल्यो । मजस्तै पैसा लिएर नाम ननिक्लिने अरुहरुको के भयो मलाई थाहा छैन, कठायत भन्छिन् । आफ्नो नाम ननिक्लेपछि धामीलाई पटक–पटक सम्पर्क गर्दा पैसा दिन्छु अनि राजधानीको भद्रकाली, टुँडीखेललगायत विभिन्न ठाउँमा पैसा लिन बोलाउँदै पैसा भने नदिने गरेको गुनासो गरिन् । ‘पहिले दिन्छु दिन्छु भन्थ्यो तर पछि एक दिन रक्सी खाएर फोन गर्दै मैले पैसा लिएको के प्रमाण छ भन्दै धम्काए,’ आँखाभरि आँसु लिएर उनले भनिन्, ‘अब कसरी म पैसा उठाउनु ? मेरो त सर्वश्व नै जाने भो ।’ अहिले ती व्यक्ति सम्पर्कमा आउन छाडेको ती युवतीले बताए । धामीले नै ऋषि धमला र उनी मिलेर पैसा लिएको जानकारी दिएIको उनले बताए ।
ती युवतीले ऋषिसँग सम्पर्क गर्दा आफूले ५० हजार रुपैयाँ लिएको तर नाम ननिक्लेपछि त्यसलाई फिर्ता गरिसकेको बताए । ऋषिले ती व्यक्ति अहिले दार्चुला गएको र पैसा उठाउन आफूले पनि सहयोग गर्ने आश्वासन दिएको कठायतले बताइन् । उनले ऋषिसँग गरेको फोन वार्तालाप रेकर्डसमेत गरेकी छिन् ।फोन रेकर्डमा ऋषिले प्रष्ट रुपमा, ‘ऋषि धमला भनेको स्पष्ट मान्छे हो मैले उसलाई पैसा फिर्ता गर्न भनिसकेको’ बताएका छन् । यसरी महिनौं धाउँदा पनि पैसा नउठेपछि कठायत हनुमान ढोकासमेत उजुरी गर्न गएकी थिइन् । तर त्यहाँबाट प्रहरी अधिकारीहरुले आफूले मात्र धेरै गर्न नसक्ने बताउँदै अख्तियारमा उजुरी दिन सल्लाह दिएका थिए । उनीहरुकै उजुरीको आधारमा उनीहरुले आज अख्तियारमा समेत उजुरी दिएका छन् । अख्तियारले उनीहरुलाई आइतबार फेरि आउनुभनेको बताइन् ।

के भन्छन् ऋषि ? पत्रकार ऋषि धमलासँग सम्पर्क गर्दा उनले यो आफूविरुद्ध षड्यन्त्र रहेको बताए । ‘हेर्नुस् म स्पष्ट मान्छे हो । मैले कसैसँग पैसा लिएको छैन । अहिलेको जमानामा कसैले मेरो स्वर मिलाएर रेकर्ड गराएको हो त्यो अडियो’,

Post a Comment