0

मुलुकमा फेरि राजतन्त्र आउने खतरा बढ्यो : बिजुक्छे

hqdefault (1)१० माघ 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गणतन्त्रवादीहरुको बाहुल्य भएको संविधानसभाको अध्यक्षता पूर्व पञ्चबाट हुनु दलहरुका लागि ठूलो ब्यंग्य भएको बताएका छन् ।
नेमकिपाको ४०औं स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बिजुक्छेले एमाले, कांग्रेस र एमाओवादीको अदूरदर्शिता र बेमेलका कारण मुलुकमा फेरि राजतन्त्र आउन सक्ने खतरा बढेको जिकिर पनि गरे ।
‘गणतन्त्रवादीहरु र प्रजातन्त्रवादीहरुको बहुमत भएको अहिलेको संविधनसभा–संसदमा पूव पञ्चले अध्यक्षता गर्नु भनेको राजनीतिक परिस्थितिलाई प्रष्ट पार्छ’–बिजुक्छेले भने–‘कांग्रेस–एमालेहरुको बुद्धि फिरेन भने फेरि राजा आयो भने तपाईंहरुले आश्चर्य नमान्नु ।’

Post a Comment

 
Top