ओली नभए म संसदीय दलको नेता : भण्डारी
नेकपा एमालकी उपाध्यक्ष विद्यादेवी भण्डारीले नेता केपी शर्मा ओली संसदीय दलको नेता नबने आफू उम्मेदवार बन्ने बताएकी छिन ।
उनले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेब गौतमले संसदीय दलको नेता दावी गर्नु उचित नभएको भन्दै पार्टीले महिलालाई संसदीय दलको नेता बनाएर समग्र महिलाको सम्मान गर्नु पर्नेमा जोड दिए ।
संचारकर्मी संगको कुराकानीमा भण्डारीले गौतमले विरामी र पुराना नेता भन्दै अध्यक्षमा समेत आफ्नो दावी गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो कुरा सोभनीय नहुने भन्दै आगामि अध्यक्ष केपी ओली भएको दावी गरिन । उनले भनिन–माधवकुमार नेपाल अध्यक्षमा उठेपनि केपी ओली उठ्नु हुन्छ ।

Post a Comment