0

पाकिस्तान उड्ने तयारी  युनुस पक्राउ

 
 माघ ११ –
 असोज २१ गते मात्र जेलबाट गुपचुप बाहिरिएका युनुस अन्सारी पुनः पक्राउ परेका छन् । उनको घरबाट ३५ लाख भारतीय नक्कली रुपियाँसहित पक्राउ गरेको प्रहरीले दावी गरेको छ तर त्यही प्रहरी स्रोतका अनुसार उनी सिगांपुर हुँदै पाकिस्तान  - unis ansariansariभाग्ने तयारीमा रहेको कारण उनलाई गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरिएको हो ।
अर्काको नामबाट पासपोर्ट बनाएर पाकिस्तान उड्ने तयारीमा रहेका अन्सारीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको स्रोतको दावी छ । अन्सारीमाथि नेपाल प्रहरीमात्र होइन, भारतीय सुरक्षा निकायको पनि गिद्धेदृष्टि २४ घण्टा थियो । भारतको विशेष टार्गेटमा रहेका अन्सारी नेपाल प्रहरीको नजरबाट पनि ओझेल थिएन । हनुमान ढोकाका एक प्रहरीले भने, अन्सारीलाई छाड्ने सुरक्षा निकायको योजनामा थिएन तर राजनीतिक प्रेसरका कारण उनी छुटे ।’ त्यसबेलाका गृहमन्त्री विजयकुमार गच्छदार थिए ।
युनिसमाथि नक्कली भारतीय नोटको कारोबार तथा खैरो हेरोइनको कारोबारमा सक्रिय रहेको अभियोग थियो । प्रहरी स्रोतका अनुसार नक्कली नोट कारोवारको सजाय काटी भनसुनमा लागु औषधको सजायबाट मुक्त भएर जेलबाट बाहिरिएका थिए । युनुसका वहिनी उषा किरण अन्सारी एमाओवादीबाट समानुपातिक सभासद् बनेकी हुन् ।
पटकपटक मन्त्री भएका सलिम मिया अन्सारीका ३८ वर्षीय छोरा अन्सारी हाल बन्द रहेका नेशनल टेलिभिजनका अध्यक्ष रहका हुन भने आफ्नै अध्यक्षतामा राष्ट्रिय जनता दल पार्टी पनि खोलेका थिए । नेपाल कुस्ती संघका पूर्व अध्यक्ष एवं राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्य पनि रही सकेका उनी २०६६ पुस १९ गते २५ लाख ४४ हजार नक्कली भारतीय रूपैंया सहित पक्राउ परेका थिए । त्यसबेला उनका साथमा निजि अंगरक्षक कासीराम अधिकारी तथा पाकिस्तानी नागरिक मोहमद इकवाल र मोहमद सज्जाद पक्राउ परेका थिए ।
केन्द्रीय कारागारमा रहेका बेला भारतीय सुटर जसजित सिहको गोली प्रहारबाट घाइते भएका अन्सारीलाई जेलमा विशेष व्यवस्थाका साथ राखिएका थिए । जेलबाट बाहिरीएपनि भारत जासुस ‘रअ’ को निगरानीमा रहेका अन्सारी असुरक्षाकै कारण सधैका लागि पाकिस्तान पस्न लागेको खबर गृहमन्त्रालयमा पुगेपछि नक्कली भारु रुपियाँ कारोवारीको आरोप लगाउँदै ललितपुरको नख्खीबोटस्थित निवासबाट सातोबाटोको प्रहरीले पक्राउ गरेको हो । अन्सारीलाई हनुमान ढोकामा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए ।

Post a Comment

 
Top