पाडा पालनमा आकर्षीत किसान हरु
जेठ ११
सरकारले अनुदान दिएपछि चितवनमा पाडा पालन फस्टाउदै गएको छ। जिल्ला पशु सेवा कार्यलयले ३ बर्षका लागी पहिलो बर्ष ६ लाख , दोस्रो बर्ष ४ लाख र तेस्रो बर्षका लागी २ लाख अनुदान दिन थालेपछि चितवनमा पाडा पालन व्यबसाय फस्टायको हो ।
 चितवनको ५ स्थानमा अहिले पाडा पालन फर्म खोली पाडा पालन ब्यवसायीक रुपमा  शुरु भएको छ । जिल्ला पशु सेवा कार्यालयबाट लक्ष्य अनुसार अनुदान पाएपछि व्यबसायीक पाडापालन तर्फ  किसानहरु  आकर्षित भएका हुन् । अस्वस्थ्य मासु खानुपर्ने बाध्यता भएका उपभोक्ताहरुले चितवनमा पाडापालन ब्यबसाय फस्टाउदै गएपछि स्वास्थ्यकर मासु प्रयोग गर्न पाउने भएका छन् । यस अघि भैसी पालन गर्दै आए पनि पाडा पाल्ने चलन भने थिएन् । पाडा पालनले गर्दा भैसी पालन प्रति पनि किसानहरु आकर्षित हुने जिल्ला पशु सेवा कार्यालयका  प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो । 
Post a Comment