Rekha Panta
लियोनर्ड श्लाइनको पुस्तक "सेक्स, टाइम यान्ड पावर" ले सभ्यताको विकासमा महिलाको योगदान रहेको कुरामा जोड दिन्छ । सभ्यताका लगभग सबै पक्ष महिलाको यौन क्रियाकलापका परिणाम हुन् भन्छन् श्लाइन । उनका अनुसार महिलालाई रक्तश्रावका कारण आइरन चाहिने भएकाले मानिस मांसाहारमा प्रवृत्त भएका हुन्, अन्यथा पहिले मानिस शाकाहारी थिए अन्य प्राइमेट जस्तै । काँचो मासु नपचेरै आगोमा पोलेर खाने बानी बन्यो मानिसको । बच्चा जन्माउँदा मर्ने सम्भावना भएकाले महिलाले यौन र गर्भधारणलाई अलग्याए । महिलालाई यौनकर्मले बच्चा जन्मिने र यसकारण आफ्नो मृत्यु हुने थाहा लागेपछि यसमा नलाग्ने सोच बनेकाले प्रकृतिले नै उनीहरूमा यौनानन्द (अर्ग्याजम) को विकास गरेको हो, श्लाइनका अनुसार । मासिक रक्तश्रावलाई नै विचार गरेर समयको अवधारणा विकसित भयो, चन्द्रमाका कलाको गणनासँगै । समयको विचारका साथसाथ मृत्युको डर विशेषगरी पुरुषमा विकसित भयो र आफू मरेर गएपनि आफ्ना सन्तानमार्फत जीवित रहने धारणा पुरुषमा पलायो । यसैकारण "मेरा सन्तान" भन्ने कुरा उठ्न थाल्यो र यो स्वामित्वको धारणाले पितृसत्तात्मकतालाई जन्म दियो । भाषाको विकास पनि पुरुषले महिलालाई यौन गर्नलाई फकाउन सुरु भएको हो भन्छन् श्लाइन । मुख्यत: यिनै कुरा छन् यो पुस्तकमा । सबै कुरा पत्याउन त गाह्रो छ । अब लाखौं वर्षअघि के भएको थियो भन्ने कुरालाई कसरी पो प्रमाणित गर्नु र ? कतिपय कुरा त कल्पना नै गरिएका होलान् । तैपनि अहिलेको युगमा देखिने कतिपय कुराको व्याख्या आदिमकालका कुराबाट हुने भएकाले र हामीले सोचिरहेका कुराभन्दा फरक तथ्य उजागर गरेकाले श्लाइनको प्रयास स्तुत्य छ । यससम्बन्धी थप अध्ययन जरुरी देखिन्छ ।

Post a Comment