0

१४ वर्ष अनशनमा बसेकी इरोमको चिठी मोदीलाई

erom sharmilaनयादिल्ली – १४ वर्षयता मणिपुरमा सशस्त्र बल बिशेषाधिकार कानून (आफ्स्पा) हटाउन माग गर्दै अनशनमा बसेकी इरोम शर्मिलाले  प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेकी छिन् । उनको चिठीलाई भारतिय सञ्चारमाध्यमले विशेष प्राथमिकता दिएका छन् । उनले प्रधानमन्त्रीमोदीलाई चिठीमा मणीपुरबाट सशस्त्र बल हटाएर अहिंसामा विश्वस गर्ने नेताको छवि बनाउन आग्रह गरेकी छिन् । उनले पहिलो मोदीलाई हिंसात्मक नेताका रुपमा चिने पनि अब आफ्नो धारणा बदलिएको बताएकी छिन् ।
मणिपुरमा २५ भन्दा बढी पृथकताबादी समुह छन् । ती समुहलाई नियन्त्रण गर्न भारत सरकारले सेना तैनाथ गरेको छ । ती सेनालाई सशस्त्र बल विशेषाधिकार कानूनको प्रयोग गर्न छुट दिइएको छ । त्यसैले त्यहाँ तैनाथ सेनालाई कुनै कानूनी कारबाही हुँदैन । मानवअधिकारवादीले सेनालाई यस्तो छुट दिएकाले कैयौं निर्दोस नागरिकको ज्यान गएको बताएका छन् । ती सेनलाई हटाउन माग गर्दै इरोम अनशनमा बसेकी हुन् । उनले मोदीलाई लेखेको चिठी
आदरणिय प्रधानमन्त्री
श्री नरेन्द्र मोदीजी,
म भारतको संविधानअनुसार याचना गरिरहेकी एक युवा महिलाको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा बधार्इृ ।
सबैभन्दा पहिलो प्रधानमन्त्रीका लागि गरिएको सम्बोधनमा शिष्टताको कमी हुन सक्ने अनुमान गर्दै माफी माग्छु । म इरोम शर्मिला हुँ, जो सन १९५८ को ‘आफस्पा’ कानून लागु भएका ठाउँबाट हटाउन माग गर्दै भोकहड्तालमा बसेकी छु ।
भारतीय संसद्ले यो कानूनबाट भारतका करिव चार करोड मानिसलाई अन्याय गरेको छ । उनीहरुलाई तपाईले स्वतन्त्र बनाउनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु । भारतका कुनै पनि क्षेत्र अशान्त घोषणा भए त्यहाँ सेनालाई संविधान लाग्दैन । र उनीहरु कसैले शंका गरेको भरमै हत्या र बलात्कार गर्छन् र यस्तो कानून लागु गरेर भारतीय संसदले उत्तरपुर्वका मानिसलाई अन्य प्रदेशका जनताको भन्दा फरक व्यवहार गरिरहेका छन् । किन हामी महिला सेनको यौनभोगको सामग्री बन्ने ? अहिले हाम्रो क्षेत्रमा महिला विलाप गरिरहेका छन् । भारतीय सेना यो कानून हटाउन चाहन्नन् किनकी उनीहरु विशेषधिकारविना आफ्नो कारवाही प्रमाणित गर्न सक्दैनन् ।
कृपया हामीलाई मानिस हुनुको मुल अधिकार दिनुहोस् । हामी हाम्रो आत्मसम्बन्ध तथा गरिमाको साथ रहन चाहन्छौं । मेरो विरोधलाई पृथकतावादी भएको नसम्झनुहोला । जसरी सम्राट अशोकले ऐतिहासिक युद्धपछि आफुलाई बदेलका थिए,त्यसरी नै २००२ को गुजरात दंगापछि आफुलाई बदलेको प्रमाणित तपाईले गर्नुहोस् ।
अब प्रधानमन्त्रीजी,संसद्ले आफ्स्या हटाएको र मेरो स्वतन्त्रता मिल्ने दिन गनिरहेकी छु ।तपाई सर्बशक्तिवान नेता बन्नुहास्,जसकारण म यो १४ वर्षे अनसन तोड् पाऊँ ।
फैसला तपाईको सक्षम नेतृत्वमा तपाईकै हातमा छ ।
ध्यान दिएकोमा धन्यवाद
आदरसहित
इरोम शर्मिला चानू ।

Post a Comment

 
Top