पक्राउ परेका कार्यकर्ता रिहाको माग गदै आज पुर्वका नौ जिल्ला बन्द
जेठ ११,
दोस्रो संविधानसभाको निर्वाचन अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गदै मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परिषदले गरेको पुर्वका नौ जिल्ला बन्दको कारण पुर्वको जनजिवन विहानै देखि प्रभावित बनेको छ ।
बन्दको कारण ताप्लेजुङ सहित पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा, झापा, धनकुटा, मोरङ र सुनसरीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान विहानै देखि चल्न सकेका छैनन् भने, बजार पसल, कलकारखा, उद्योगधन्दा र विद्यालय क्यम्पस पनि बन्द रहेका छन् ।
एमाओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेका संघीय बिद्यार्थी युनियनका ताप्लेजुङका उपाध्यक्ष रक्की थेबे, अन्य कार्यकर्ताहरु सागर पन्दाक, बिचिन्द्र माबो, धनबहादुर मादेन, बिट्चन आङबोहाङलाई अदालतको आदेसमा पुर्पक्षकालागि कारागारमा राखिएको छ ।
झुटो आरोपमा आफ्ना कार्यकर्तालाई ताप्लेजुङको जेलमा वन्दि बनाइएको भन्दै मञ्चले पुर्वमा विभिन्न आन्दोलन गर्दै आएको छ । मञ्चले ४ गते ताप्लेजुङ बन्द गरेको थियो भने ७ गते मेचि राजमार्ग बन्द गरेको थियो । निरन्तरको बन्दको कारण ताप्लेजुङका स्थानिय नगारीक भने अत्याधिक मारमा परेका छन् । बन्द आज मात्र रहने बताईएको छ ।
Post a Comment