0

लोडसेडिङ घटाउने तयारी

१७ जेठ 

 नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएर नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

केहीदिनयता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ कम गरेको छ । वर्षाका कारण नदी र जलाशयमा पानीको मात्र बढेसँगै प्राधिकरणले लोडसेडिङ घटाएको हो । प्राधिकरणले दैनिक २ घण्टा लोडसेडिङ कम गर्ने जनाएको छ ।
लोडसेडिङ कम गरेपछि अब हप्तामा ५६ घण्टा मात्रै बिजुली जानेछ । गत वैशाख ३१ गते साताको १४ घण्टा लोडसेडिङ कम गरेर ७० घण्टामा झारेको थियो । उक्त समयमा हप्ताको १ दिन १२ घण्टा, २ दिन १० घण्टा र ३ दिन ९ घण्टा विद्युत कटौती गर्दै आएको थियो ।

Post a Comment

 
Top