एसएसपी खरेलको अभिब्यक्तिले प्रहरीमा भुकम्प

–६ महिनादेखी रिक्त एआइजी पदमा बढुवाको प्रकृया बल्ल अगाडि बढेको बेला नेपाल प्रहरीका एसएसपी रमेश खरेलले एआइजी बन्ने आकांक्षीहरुलाई गम्भिर आरोप लगाएका छन् । गृहमन्त्रालयले बढुवा प्रकृया अगाडि बढाइरहेको बेला खरेलले एआइजीका आकांक्षी डिआइजीहरु बढुवाको निर्णयलाई प्रभाव पार्न आर्थिक प्रलोभनको प्रस्ताव बोकेर शक्तिकेन्द्र धाइरहेको आरोप लगाएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख समेत रहेका एसएसपी खरेलले एआइजीका आकांक्षीहरु पैसाले भरिएर मन्त्री र नेताको घर धाइरहेको दावी गरे ।
हेमा सरिता पाठक एकेडेमीले शनिवार आयोजना गरेको कार्यक्रममा उनले डिआइजी बढुवामा आर्थिक चलखेल भएको दावी गरे पछि संगठनमा उनको आलोचना शुरु भएको छ ।
सात रिक्त एआइजीका लागी १३ जना डिआइजी बढुवा हुने दौडमा छन् । बढुवाको दौडमा रहेकामध्ये केही विवादीत छवीका समेत छन् ।
शुक्रवार साप्ताहिको अन्र्तवार्तामा खरेलले आफुलाई मनपर्ने नेता भन्दै सुशिल कोइराला, गगन थापा, कमल थापा लगायतको नाम लिएपछि पनि उनी विवादमा तानिएका थिए ।
Post a Comment