0

२ किलो सुन पचाउने षड्यन्त्र

 मध्यमाञ्चल प्रहरी कार्यलयका प्रमुख नायब महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको आचरणमा सुधार ल्याउने हेतुले शुद्धिकरण अभियान चलाई रहेकै बेला मकवानपुर कार्यरत एक असइले वीरगंजमा दुई किलो सुन लुटेका छन ।
पर्सामा पैसा कमाउन प्रहरीले सुन चाँदी लुट्नु कुनै नौलो घटना होइन । यहाँ आउने प्रहरी अधिकृतहरूले केन्दमै मोटो नजराना बुझाएर आउने गरेको कारणले गर्दा उनीहरू पैसा कमाउने योजनामा २४ सै घन्टा तल्लिन हुने गरेका छन ।
वैशाख १ गते लक्ष्मी बैकबाट ६० किलो चाँदी खरीद गरेर ल्याइरहेका बेला विनोद कुमार सर्राफ र शत्रुघ्न साह सोनारलाई वीरगंज गिता मन्दिर अगाडिबाट प्रहरीले पक्राउ गरेर ‘वार्गेनिङ्ग’ गर्दा उनीहरूले यो चाँदी वैध भएकोले अनुचित रकम दिन इन्कार गरेपछि पर्सा प्रहरीले भारततर्फ निकासी भइरहेको झुटो प्रतिवेदन बनाई राजस्व अनुसन्धान पथलैयामा पठाई दिएको घटना साम्य नहुँदै मकवानपुरमा कार्यरत असइ जटाशंकर साहले वीरगंज घन्टाघरमा रक्सौल घर भएका रवी गोयललाई पक्राउ गरेर उनीसँग रहेको दुई किलो सुन लुटेर फरार भएको घटना सार्वजनिक भएपछि प्रहरीको छविमाथि नमेटिने दाग लागेको छ । सुलभ बसबाट जेठ ७ गते विहान ५ वजे घण्टाघरमा ओर्लेर रक्सौल जाने टेम्पो चढ्न खोज्दा असइ जटाशंकर साहले आफु क्राइम व्रान्चमा कार्यरत असइ भएको भन्दै गोयललाई पक्राउ गरेर वीपी उद्यानको कम्पाउन्डमा ल्याई आफ्नो मोवाइलमा आएको म्यासेज देखाइ म्यासेजमा रवी गोयल चढेको बस र सिट नम्बर र उनीसँग भएको दुई किलो सुन समेत भएको उल्लेख थियो । रविले जुत्ताभित्र लुकाएर राखेको सुन दिए तर कहा लैजाने हो आपूmलाई पनि लैजान आग्रह गर्दा जटाशंकर मोटर साइकल स्र्टाट गरेर फरार भए ।
फरार हुने बेला रविले असइ साह चढेको भारतीय मोटर साइकल बि.आर.०५ सी ८१६६ नम्बर नोट गरी पर्सा प्रहरीमा पुगेका थिए । प्रहरीलाई उनले १० तोला सुन र रु ७ लाख रुपैयाँ लुटेको जानकारी दिए । पर्सा प्रहरी र सुन व्यापारी दुवै हर्कतमा आएपछि व्यापारीले भारत मोतिहारी को आर.टि.ओ को कार्यालयमा गएर बुझ्दा उक्त नम्बरको मोटरसाइकल भारत बिहारको आदापुर बस्ने कुनै डाक्टरको नाउमा दर्ता भएको र उनले पनि गाउँको कुनै अर्को व्यक्तिलाई बिक्रि गरेको खुल्यो ।
सो व्यक्ति लाई बुझ्दा पर्सा अपौनी हरपतगञ्ज वस्ने असइ जटाशंकरले उक्त मोटर साइकल खरीद गरेको बुझिएपछि पर्सा प्रहरीले वीरगंज रानिघाट वस्ने जटाशंकर साहको घरमा छापामारी उनीसहित छोरा र मोटर साइकल कब्जामा लिएर जेठ ८ गतेदेखि हिरासत राखेको छ । असइ जटाशकर साह जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक गणेशवहादुर एरका घुमुवा हुन । तस्कर रवि गोयल नामुद वीरगंजका सुन तस्कर राजु दारुकाका भरिया हुन । राजु दारुकालाई पर्सा प्रहरीले केही महिना अगाडि पक्राउ गरी कारवाही गरेपछि दुवैवीच मिलेमतो भगत भएको स्रोत बताउँछ । असई जस्तो दर्जामा कार्यरत प्रहरीले वीरगंजमा आएर सुन लुट्नुको पछाडि प्रहरी संगठन भित्रका जिमेवार व्यक्तिको आशीर्वाद विना सम्भव नहुने दावी एक प्रहरी अद्यिकृतको छ । लुटिएको उक्त सुन पर्सा प्रहरीले वरामद गरी सकेको स्रोतले दावी गरेको छ । एक करोड भन्दा बढीको उक्त सुन प्रहरीले वरामद गरी सकेपछि पर्सा प्रहरी भित्र अर्को खेल शुरु भएको छ ।
सुन वरामद भएको देखाउँदा व्यापारीले सुन खरिद गरेको वैध स्रोत देखाउन नसक्ने र सुन लुटेको अभियोगमा समातिएका असइ जटाशंकर साहमाथि मुद्दा चलाउँदा ठूला अफिसरहरू समेत फस्ने भएकोले सामातिएको उक्त सुन कसरी क–कस्ले खाने भन्नेमा गहन छलफल चलिरहेको स्रोतको दाबी छ ।

Post a Comment

 
Top