अवैध गाँजा र कपडा बरामद
पर्साको ग्रामीण नाका हुँदै भारततर्फ लैजाने तयारी गरिएको डेढ क्वीन्टल गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बहुअर्वाभाठास्थित बेस क्याम्पबाट प्रहरी निरिषक अमित मल्लको नेतृत्वमा खटिएको टोलीले विश्रामपुर गाविस ६ स्थित ढोंगही नदीको छेउबाट डेढ क्वीन्टल गाँजा बरामद गरेको हो । गस्ती टोलीले बेवारिशे अवस्थामा गाँजा फेला पारेको सीमा सुरक्षा बलले जानकारी दिएको छ ।
भेलाही बजारबाट साइकलमा लोड गरेर ल्याउँदै गरेको २५ हजार रुपैयाँ मूल्य बराबरको कपडा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पकाहामैनपुरको टोलीले बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक दुर्गा भट्टले जानकारी दिएका छन् ।

Post a Comment