लागू औषधको दुव्र्यसनविरुद्ध विद्यार्थीलाई प्रशिक्षण
१२ जेठ
नेपाल राष्ट्रिय माद्यमीक विद्यालय पटेर्वा सुगौली दापुमा सोमबार लागू औषधको नकारात्मक प्रभावबारे स्थानीय अभिभावक र विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भिखमपुरका प्रहरी निरिक्षक फुर्गेली शेर्पाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई यसबारे प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा लागू औषधका प्रकार, श्रोत, यसले मानव स्वास्थ्यमा पार्ने असर, लागू पदार्थ प्रयोगकर्ताको शुरुवाती लक्षण, यसको नियन्त्रणमा अभिभावक र विद्यार्थी स्वयम्ले अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको हो । प्रशिक्षण कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, सामाजिक कार्यकर्ताको सहभागीता थियो । कार्यक्रको सभापतित्व स्थानीय सञ्चारकर्मी चिरन्जीवि यादवले गरेका थिए ।

Post a Comment