0

' खरेल भन्छन् ‘मैले बोल्यो की पोल्यो’ '

 
Ramesh-Kharel_20100930085257जेठ १२ – 
हक्की स्वभावका एसएसपी रमेश खरेलले पदिय मर्यादा विपरीत व्यवहार गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा करीव दुई दर्जन उजुरी परेको बुझिएको छ । प्रहरीका केही डिआइजी, पिडित पक्ष र अन्य व्यक्तिले खरेलविरुद्ध गुनासा राखेका छन् ।
पदीय मर्यादा विपरीत जथभावी बोल्दै हिँडेको भन्दै प्रहरि प्रधान कार्यालयले खरेलमाथि छानविन गर्न डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा एक समिति गठन गरको छ । नेपाल पुलीस क्लवमा शनिवार आयोजित हेम सरीता पाठक प्रतिष्ठानको पुरस्कार वितरण समारोहमा खरेलले मन्त्रीकै सामु बढुवाका लागि डिआइजीहरु व्रिफकेश बोकेर हिँडेको अरोप लगाएका थिए ।
वीरगञ्ज, सप्तरी, पोखरालगायतका क्षेत्रमा प्रभावकारी काम गरेर ख्याती कमाएका खरेललाई काठमाडौंका गुण्डा तह लगाउत ६ महिनाअघि सरुवा गरिएको थियो । उनको सरुवापछि गुण्डागर्दी कम भएको थियो ।
यद्यपि, उनले पदीय मार्यादा उल्लंघन गरेकोमा उनीभन्दा वरिष्ठ अधिकारी सन्तुष्ट थिएनन् । आफ्ना वरिष्ठ अधिकारीमाथि सार्वजनिक आक्षेप लगाइएको भन्दै प्रहरी हेड क्वार्टरले गठन गरेको जाँचबुझ समिति र गृह मन्त्रालयको निजी सचिवालयमा समेत अहिले खरेलविरुद्ध विभिन्न उजुरी र गुनासाको ओइरो लागेको छ । गृहमन्त्रालय निटक सुत्रका अनुसार खरेलमाथि लगाइएका आरोपमध्ये केही यस्ता छन्–
  • खरेलले विभिन्न संचार माध्यममा दिएका अन्तर्वार्ताले प्रहरी संगठनभित्र र बाहिर गलत सन्देश गएको ।
  • प्रहरीको मिडिया नीतिभन्दा खरेल प्रस्तुत भएको । खरेल काठमाडौंका प्रहरी प्रमुख हुन की समग्र प्रहरी सँगठनका प्रमुख हुन ? भन्ने प्रश्न खडा भएको ।
  • सस्तो लोकप्रियताका लागि खरेलले सञ्चार माध्यममा खुलेरै राज्य संयन्त्र कमजोर छ भन्ने अभिव्यक्ति दिएको ।
  • एसएसपी भएर डिआइजीको मुल्यांकन गर्र्दै जथाभावी बोलेको । विभिन्न संचार माध्यममा महानिरिक्षक उपेन्द्रकान्त अर्याल, डिआइजी राजेन्द्रसिंह भण्डारी, विज्ञान शर्मा, नवराज शर्मा, अपराध अनुसन्धानका सुरेन्द्रबहादुर शाह र एसपी प्रद्युम्न कार्कीबाहेक अरु राम्रो नदेखेको भन्दै बाँकी प्रहरी अधिकारीको अवमुल्यन गरेको ।
  • गुण्डा अपरेशनका नाममा पहिला पक्राउ गर्ने र पछि जर्बजस्ती जाहेरी दिन लगाएर मुद्दा चलाउने गरेको ।
  • कुनै सेलीब्रेटीले दिन अन्तर्वार्ताजस्तै सुशील कोइराला, कमल थापा, रविन्द्र अधिकारी र गगन थापा आफुलाई मनपर्ने नेता भएको अभिव्यक्ति दिएको । प्रहरिको बर्दी लगाएर यो नेता मनपर्छ र पर्दैन भनेर अभिव्यक्ति दिनु प्रहरी अनुशासनको विरुद्ध भएको ।
  • गृहमन्त्रीले भेटन बोलाउँदासमेत अटेर गरी नगएको ।
  • गुण्डा अपरेशका नाममा अपराधीलाई पक्रने र दुई तिन दिनपछि छाड्ने गरेको । यसमा अपराधीलाई चोख्याउने नियत देखिएको ।
  • राजनीतक आग्रह राखेर युवा सँघका केन्द्रीय सदस्य अमीत लामालगायतलाई बिना कारण पक्राउ गरेको ।
  • गृहमन्त्रीसँग सत्रुता साँध्दै खरेलले एमाले निकटका प्रहरी अधिकारीलाई काठमाडौंबाट जथभावी सरुवा गरेको हो । काठमाडौंमा उत्कृष्ट काम गरेका बानेश्वरका डिएसपी रेवती ढकाल, महाराजगञ्जका प्रभु ढकाल र स्वयम्भुका दयानिधि ज्ञवाली खरेलको कोपभाजनमा परेको । खरेलले उनीहरुमध्ये रेवतीलाई प्रहरि प्रधान कार्यालय, ढकाललाई विराटगर र ज्ञवालीलाई बागलुङ पठाएको ।
खरेलले भने, बोल्यो कि पोल्यो
एसएसपी खरेल निकट श्रोतका अनुसार खरेल भने आफन्तमाझ ‘आफुले सही र इमानदार कुरा गर्दा पनि विरोध गरिएको’ गुनासो गर्न थालका छन् । आफु निकटस्थसँग खरेल भन्ने गर्छन, ‘यो सतीले सरापेको देशमा असल काम र कुरा गर्नेको कहाँ भलो भएको छ र ?’ आफन्तसँगको जमघटमा उनी आफुले प्रहरि सँगठनभित्रको भ्रष्टाचार, अनियमीतता र अकुत पैसा खर्च गरेर प्रमोशन खाने परम्परा तोडने जमर्को गर्दा भ्रष्टहरु एक ढिक्का भएर आफुविरुद्ध जाइलागेको बताउन थालेका छन् ।
उनको भनाइ हुने गरेको छ, ‘मैले बोल्यो कि पोल्यो ।’ त्यसैले संचारकर्मीहरुसँग पनि उनी यसबारेमा खासै बोल्न चाहदैनन् ।
यस्तो थियो, बोली
खरेलले शनिवार बोलेको भनाईको अडियो साभार यस्तो छ ः
‘यति भन्दै एउटा कुरा म भन्छु, नेपाल प्रहरिमा अब प्रमोशनको बेला आएको छ । सात महिनापछि बल्ल गाँठो फुकेको छ नेपाल प्रहरिको । माननीय मन्त्रीज्यू(परराष्ट्रमन्त्री) भ्रष्टाचारीलाई रोक्न सफल हुनुस् । मलाई आशा छ यति भनीसकेपछि उहाँलाई पुग्छ होला । अहिले सोकेसहरु बोकेर पावर सेन्टर जाने, चहार्नेहरु मलाई प्रमोशन गरिदिनोस् भनेर दौडधुप चलिरहेको छ । हजूरकोमा पनि खुब आएका होलान् । जो हजूरकोमा भिजिट गर्छ, उनीहरु अपरच्यूनिष्ट हुन । कृपया यसमा ध्यान दिनुहोला । नेपाल प्रहरिको प्रमोसनबाट भ्रष्टाचारीलाई प्रमोशन नदिएर इमानदार व्यक्तिलाई बढुवा गरेर इक्ज्याम्पल सेट गरिदिन आग्रह गर्छु ।’

Post a Comment

 
Top