युवाहरुको लगानीमा एकिकृत कृषि केन्द्र स्थापना

धनकुटा नगरपालिकामै नमुना कृषि केन्द्र स्थापना गर्ने उदेश्यले धनकुटा–३ स्थित पात्ले खोलामा आधुनिक एकिकृत कृषी केन्द्रको निर्माण शुरु गरिएको छ । धनकुटा लाइभ स्टोक नाम दिईएको कृषि केन्द्र धनकुटा बजारका सात जना यूवाहरुको संयुक्त लगानीमा निर्माण भईरहेको हो ।
दुई करोड लगानी गर्ने लक्ष्यका साथ स्थापना भएको केन्द्रमा अहिलेसम्म ९० लाख रुपैया लगानी भई सकेको संचालन समितिका सदस्य नरेन्द्र श्रेष्ठले बताउनुभयो । नौ महिना अघिबाट निर्माण कार्य शुरु भएको सो केन्द्रलाई एक वर्ष भित्रमा पुर्णता दिने गरी काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
३० रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा वंगुर तथा माछापालन, अर्गानिक तरकारी र फलफुलको खेती गर्ने योजना बनाईएको छ । केन्द्र संचालनमा आएपछि ८ जना व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । केन्द्रले वंगुर उत्पादनमा विशेष वढी जोड दिने बताइएको छ । करिब डेढ सय ओटा वंगुर राख्न सक्ने क्षमताको ३ वटा ब्लक निर्माण गरिनेछ । एकपटकमा १५ सय वटा वंगुरका वच्चा उत्पादन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
माछा पालनको लागि चार वटा पोखरी निर्माण समेत गरिएको छ । पोखरीमा ३ हजार वटा माछा लगाउने लक्ष्य भएकोमा अहिले एक हजार वटा लगाईएको छ ।
केन्दभित्र फलफुल उत्पादनको लागि १ सय बोट आँपका विरुवा लगाइएको र चाडैं थप ४ सय बोट आँपका विरुवा लगाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार सुरुका केही वर्ष अर्गानिक तरकारी उत्पादन र वंगुरका पाठा उत्पादनमा वढी जोड दिईनेछ । पछिल्लो समय स्थानीय बजारमा आर्गानिक तरकारी र वगुंरका पाठापाठीको माग उच्च रहेको र सरकारी फर्मले माग थेग्न नसकेकाकारण यस क्षेत्रमा लगानी गरिएको श्रेष्ठको भनाई छ । एकिृकत कृषी केन्द्र संचालनमा आएपछि त्यस क्षेत्रमा स्वीमिङ्ग सहितको रिर्सोट स्थापना गर्ने सोच रहेको श्रेष्ठले बताउनुभयो ।

Post a Comment