0

पुर्वराजा ज्ञानेन्द्रले छाडे शिशिर र वसन्त !

Gyanendra shah-Hamrakura.com पूर्व राजा ज्ञानेन्द्र नार्गाजुन जान छोडेका छन् । गणतन्त्र पछि तत्कालीन सरकारले बस्नको लागि उनलाई नागार्जुन दरबार दिएका थियो । दुई वर्षदेखि पूर्व राजा ज्ञानेन्द्रले एक पटक पनि नागार्जुन टेकेका छैनन् । नारायणहिटी दरबारमा बस्दा समेत उनी चैत बैशाखको याममा नागाजुर्न जाने गर्थे । तर अहिले उनी चैत बैशाखको याममापनि नागार्जुन गएनन ।
गणतन्त्रको कार्यन्वय पछि पूर्व राजाले बस्नकोलागि घर मागे पछि तत्कालीन सरकारले नागार्जुनमा बस्न अनुमति दिएको थियो । नागार्जुनमा शिशिर र बसन्त नामका दुइ वटा दरबार छन् । ती दरबारहरू जीर्ण छन् । पूर्व राजा नागार्जुन जान छोडे पछि ती दरबारमहरूमा केही कर्मचारीहरू मात्र छन् । पूर्व राजा ज्ञानेन्द्र अहिले निर्मल निवासमै बस्ने गर्छन ।
पूर्व युवराज पारस काठमाडौमा हुँदा उनी नागार्जुन र पारस निर्मल निवासमा बस्ने गर्थे तर पारस साँढे तीन वर्ष देखि बैंककमा बस्दै आएका छन् । करिव दुइ महिना अघि ध्यान र योगा गर्न उनी शिवपुरी डाँडोमा गए तर उनी नागार्जुनतीर जान मानेनन । नागार्जुनमा पानी, विजुली र अन्य सुविधाको अभाब हुनुले पनि पूर्व राजाले त्यतातीर मन नलगाएको उनका सहयोगीहरू बताउँछन् ।
गणतन्त्र पछि पूर्व राजा ज्ञानेन्द्र निर्मल निवासमै समय कटाउने गरेका छन् । बेला बेलामा भने उनी मन्दिरहरूको पुजा पाठ गर्न भन्दै देश दौडाहामा निस्कने गरेका छन् । पुर्वी क्षेत्रहरूको भ्रमण गरेर गत बैशाख २८ गते मात्र उनी काठमाडौ आएका थिए । निर्मल निवासमै बसेर उनले केही नेताहरूसँग भेटघाट गर्ने गरेका छन् ।
दरबार हत्याकाण्डमा छर्रा लागेर घाइते भएकी पूर्व रानी कोमल शाहलाई ती छर्राले फेरि दुःख दिन थालेको छ । छर्रा निकाल्न पूर्व राजा र पूर्व रानी बेलायत, सिगापुरसम्म गए तर डाक्टहरूले छर्रा निकाल्दा झनै हानिकार हुने र ज्यान समेत जान सक्ने सल्लाह दिएपछि छर्रा निकालिएको थिएन । छातीको भित्री भागमा छर्राका अशंहरू पनि अहिले पनि छन् । ती छर्राले अहिले ठाउ छोडेर केही पर गए पछि पूर्व रानी अस्वस्थ्य भएको स्रोतको भनाइ छ । उनलाई आर्मी अस्पतालको डाक्टर किशोर राणाले नियमित परिक्षण गरेका छन् ।
छर्राले ठाउँ छोडे पछि उक्त ठाउँमा संक्रमण भएको छ । छर्राले दुख दिए पछि पूर्व रानी कोमल पूर्व राजासँगसँगै गत बैशाख दुई गते चतराको कुम्भ मेलामा दर्शन गर्न जान सकिनन् । त्यसको केही दिन पछि मात्र उनी काठमाडौंबाट सिमरा पुगेका थिइन । छर्राले दुख दिन थाले पछि पूर्व रानी उपचारको लागि भारत जाने तयारी गरीरहेको स्रोतको भनाई छ । उता, बैककमा बस्दै आएका पूर्व युवराज पारस नेपाल कहिले आउने हुन अझै टुङ्गो लागेको छैन ।

Post a Comment

 
Top