बन्धक बनाएर एक महिनासम्म बलात्कार

चितवनकी टुहुरी ति किशोरी अहिले रक्षा नेपाल र नेपाल प्रहरीको संरक्षणमा छिन्। ‘बेचविखन गर्न लैजाने उदेद्दयले चितवनबाट पोखरा पुर्याएर महिना दिनसम्म बन्धक बनाइ किरोशीमाथि बलात्कार भएको छ’ रक्षा नेपाल अध्यक्ष मेनुका थापाले भनिन्, ‘बालिका भागेर टेलिफोनमार्फत हाम्रो सम्पर्कमा आएपछि उद्धार गर्न सफल भइयो।’ उनका अनुसार राम्रो काममा लगाइदिने भन्दै चीनको खासामा बिक्रिी गर्न बालिकालाई ठिक्क पारिएको थियो ।
किशोरीलाई बलात्कारसँगै बेचविखनमा संलग्न भएको आारोपमा मदन खड्का, रविन्द्र श्रेष्ठ, ललिता नेपाली र सम्झना श्रेष्ठलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
Post a Comment