2

 फागुन ९ गते शनिबार के–के भयो ?


- कलैया–८ बस्ने बद्रीनारायण साहकी सात वर्षीया छोरी पूजा आज बिहान करिब ६ बजे कलैया–६ मोतीमागस्थित कपास उद्योगको फोहर फ्याँक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी छन् ।

- काँकडभिट्टामा आजदेखि तीन दिवसीय कला साहित्य उत्सव सुरु भएको छ । उत्सवको डा देवेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो ।

- लगातार ओरालो लागेको नेप्से परिसूचकमा यो साता पनि सुधार आउन सकेन । गत साता १.५१ अङ्कले घटेको परिसूचकमा यो साता पहिलो दिनको तुलनामा ७.२२ अङ्कले घटी अन्तिम दिन ९८२.६५ अङ्कमा पुगेको हो ।
- फजुल खर्च कम गर्ने उद्देश्यले गाउँ सेवा कोष तनहुँद्वारा शुक्रबार दमौलीस्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिरमा ४० बटुकको सामूहिक व्रतबन्ध गराएका छन् । मूल पुरोहित कृष्णकान्त काफ्ले र अन्य सहायक तीन पुरोहितले बटुकहरूको व्रतबन्ध गराएका हुन् ।

- सिरहाको चोहर्वास्थित भित्रि सडकमा स्कुल बसको ठक्करबाट गएराति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको नाम र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

- चितवनको भरतपुरमा बढी दुर्घटना हुने क्षेत्रमा चाल लेनको सडक निर्माण सुरु भएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चार लेन सडक निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

- ओखलढुङ्गामा शुक्रबार साँझ घरको गारो भत्ँिकदा एक कामदारको मृत्यु भएको छ । मानेभन्ज्याङ–३ का होमबहादुर श्रेष्ठको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

- मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमा आज बिहान महोत्तरी जिल्लाको मटिहानी आइपुगेको छ ।

- नेपाली लेखक सङ्घको सर्लाही शाखा जीवनकुमार निश्चलको सभापतित्वमा गठन भएको छ । सङ्घका केन्द्रीय महासचिव वियोगी बुढाथोकी र केन्द्रीय सदस्य मनोज न्यौपानेको उपस्थितिमा भएको भेलाले नौ सदस्यीय समितिका सचिवमा मनोज बख्रेल तथा कोषाध्यक्षमा विमला पौडेललाई चयन गरेको छ । बल्खु तथा त्यस आसपास क्षेत्रको वाग्मती नदीमा आज सरसफाइ गरी करिब ५५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती नदी सफाइ महाअभियानअन्तर्गत ९३औँ शृङ्खलामा आज बल्खु तथा सानेपा क्षेत्रको नदीबाट फोहर निकालिएको हो ।

- नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष २०७२ का लागि १३ वटा पञ्चाङ्ग (पात्रो) लाई प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको छ । तिथि, बार, योग, नक्षत्र र करण गरी पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । ॐ कार परिवारभित्रका धर्मावलम्बीका प्रत्येक धार्मिक कर्म पञ्चाङ्गको तिथिका आधारमा गर्ने परम्परा रहिआएको छ । 
 
- नेपाल अडिटर्स एसोसिएसन (अडान) को तेस्रो राष्ट्रिय परिषद् २७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ । 

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top