0

महाभूकम्प र छिमेकीको ज्यादति

महाभूकम्प र छिमेकीको ज्यादति

नेपालमा महाभुकम्प गएको होहल्ला गर्‍यौ
राहतको नाममा डेट एक्सपाएर औषधि लिएर आयौ
नेपाल खाल्डोले थुप्रै छिमेकीहरुलाई पालेको रहेछ
धन्य ! आफ्नै जहाज चढाएर स्वदेश फर्कायौ
उद्धारको नाममा चीनको खासामा पुगेर जासुसी गर्‍यौ
उद्धारको नाममा नेपाली सेनामाथि ज्यादति देखायौ
उद्धारको नाममा विमानस्थल कब्जा गर्‍यौ
उद्धारको नाममा पशुपतिनाथको दर्शन गर्‍यौ।
अब यस्तो विजोक भएको विज्ञापन गरेपछि
विश्वका धनी राष्ट्रहरुले नेपाललाई थुप्रै चन्दा दिनेछन्
त्यही पैसाले तिमीसँग भौतिक सामग्रीहरु किन्नेछौं
मतलव भारतीय व्यापार र बजार फष्टाउने भएको छ।
सहयोगको लागि आभारी छौं, अब तिमी फर्क
तिमीले गर्ने काम नेपाली सेना र प्रहरीले गर्नेछन्
अन्य देश विदेशबाट आएका उद्धार टोलीले गर्नेछन्
बरु जाऊ र आफ्नै गंगामाताको सरसफाइमा लाग
गंगा नदीमा फालिएका लासका थुप्रोहरु पोल
दाहसंस्कार कर्म पुरा गरेर प्रदुषणको अन्त गर
जीवन हो बाँच्नुछ जसरी पनि बाँचिन्छ
तर तिम्रो बुटले किल्चिएर/तिम्रो वचनको वाण सहेर
तिम्रो एक पोका चाउचाउ खाने रहर छैन
तिमीले बुझ्नुपर्छ
नेपाल देश एउटा सर्वभौमसम्पन्न राष्ट्र हो
भारतको प्रान्त गुजरात, बिहार वा महाराष्ट्र होइन।

Post a Comment

 
Top