लिपुलेक सम्झौताको विरोधमा भएको प्रदर्शनमा माओवादीका ३१ कार्यकर्ता पक्राउ
९ असार
भारत र चीनबीच भएको व्यापार सम्झौताको बुँदामा उल्लेख लिपुलेक नाका विस्तार गर्ने सम्झौताको विरोधमा आज नेकपा माओवादीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
रत्नपार्कबाट निकालिएको जुलुस सुन्धारामा पुगी समापन गर्ने बेलामा प्रहरीले हस्तक्षेप गरी माओवादीका पोलिटब्युरो सदस्य तिलक परियारसहित ३१ जनालाई पक्राउ गरेको छ ।
पक्राउका क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो । झडपमा माओवादी सम्बद्ध मजदुर सङ्गठनका नेता योगेन्द्र कुमालसहित केही माओवादी कार्यकर्ता घाइते भएका छन् ।
पक्राउ गरेर आफूहरुलाई पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको माओवादी नेता लालबहादुर बिसीले जानकारी दिनुभयो ।
गत जेठ १ गते भारत र चीनबीच भएको व्यापार सम्झौतामा नेपालको भूमि लिपुलेक नाकामा दुई देशले व्यापार विस्तार गर्ने उल्लेख छ ।

Post a Comment