भैँसीले दूध नदिएको निहँुमा मङ्गलबार पीडितका देवर जीवरइल कवारी देउरानी जैलम खातुन र अमिना खातुनले पीडितलाई लाठी र बन्चरोले शरीरका विभिन्न भागमा प्रहार गर्दा निजको शरीरभरि निलडाम परेको छ । अर्धबेहोस अवस्थामा उनी जिल्ला अस्पताल जलेश्वरमा भर्ना भएकी छिन् ।
महिला विकासअन्तर्गत वडा निगरानी समितिकी अध्यक्ष आशा ठाकुर र सचिव शान्ति देवीको सहयोगमा पीडितलाई महिला विकास र जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दर्ता गराई जिल्ला अस्पताल पु¥याइएको छ ।
पीडित सविना खातुनको श्रीमान् वैदेशिक रोजगारीमा साउदीमा छन् । तीन सन्तानकी आमा पीडितलाई पहिले पनि पाँचपटक उनका देवरले कुटेको र मङ्गलबार १४ वर्षीया छोरीलाई समेत बलात्कार गर्ने धम्की दिएको पीडितले बताएकी छिन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.