0
सहमति दशगजाबाट होइन वार्ताबाट हुन्छ 

२१ कार्तिक
नेपाली का“ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दशगजामा धर्ना बसेर समस्याको समाधान नहुने भएकाले वार्ताबाटै सहमति खोज्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिटौलाले दशगजामा धर्ना बसेर नेपाली जनतालाई दुःख दिने काम बन्द गर्न मधेशी मोर्चालाई आग्रह गर्नुभयो । उहा“ले शान्तिपूर्ण आन्दोलन र छलफलबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
 
उहा“ले नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि मधेशका समस्याप्रति गम्भिर रहेकोले पार्टी भित्रैबाट पनि मधेशी दलका नेताहरुस“ग सहमतिका लागि प्रयास जारी राखेको बताउनुभयो । सरकार र अन्य वार्ता टोलीस“गको छलफलबाट समस्या समाधान नहुने भन्दै संसदिय समितिमार्फत छिटै समाधान खोज्नुपर्ने नेता सिटौलाको सुझाव थियो ।
 
नेपालतर्फ कुनै पनि सवारी साधान नरोकिएकाले नाकाबन्दी भारतले नै गरेको भन्दै नेता सिटौलाले नाकाबन्दीको अन्त्यका लागि भारतलाई आग्रह गर्नुभयो ।

Post a Comment

 
Top