0
नाकाबन्दीबाट देश लथालिङग
२१ कात्तिक 
 
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेसी मोर्चाले गरेको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । 
 
आज धरानमा अग्रज पत्रकार गिरिराज आचार्यद्वारा लिखित महानायक गणेशमान नामक पुस्तकको लोकार्पण गर्दै सो कुरा बताउनुभएको हो । उहाँले मधेसको समस्यालाई काँग्रेसले नजिकबाट नियाली रहेकाले त्यहाँको समस्यालाई पनि काँग्रेसले समाधानका लागि सक्रिय नेतृत्व गर्ने विश्वास दिलाउनुभयो । 
 
गणेशमान सिंह फाउण्डेशन सुनसरीद्धारा आयोजित सो कार्यक्रममा महामन्त्री सिंहले संयुक्त मधेसी मोर्चाको नामबाट अहिले भइरहेको आन्दोलन र उत्पन्न समस्या मधेसी जनताले भोगिआएको समस्या समाधान गर्ने उद्देश्यलेभन्दा पनि केही सामन्तबादी मधेसी नेताहरुले आफ्नो बर्चश्व स्थापित गराई राख्ने निहित स्वार्थले प्रेरित भएर गरिएकाले त्यसलाई मधेसमा बसोवास गर्ने सबै जनताले बुझ्न जरुरी रहेको पनि प्रष्ट पार्नुभयो । 
 
उहाँले नयाँ नेपालको निर्माण गर्ने महान उद्देश्यकासाथ नेपाली जनताले नै जारी गरेको बर्तमान नयाँ नेपालको संविधानमा मधेसमा बसोवास गर्दै आएका विभिन्न जाति र समुदायको उन्नतिसँगै समान सहभागिताका लागि धेरै कुरा समेटिएको तर्फ ध्यानाकर्षण गराउनुहुँदै संविधानलाई गहनरुपमा अध्ययन गर्न आग्रह गर्नु भयो । 

Post a Comment

 
Top