0
भारतले भुटान, सिक्किम र फिजीलाई कसरी कब्जा गर्यो ?














शिव डुम्रे

केही समय अगाडि ‘अब भारतसँग अन्तिम युद्ध लड्नुपर्छ’ भन्ने शिर्षकमा लेख प्रकाशित भएपछि थुप्रैका म्यासेजहरु आए कमेन्टहरु पनि प्रशस्तै आए । भावनामा लेखेर मात्र हुँदैन साथी व्यवहारिकता धेरै गाह्रो छ भन्नेहरु धेरै थिए । एउटा प्राध्यापकले भेटमै भने, भाई लेख्दैमा अरुलाई गाली गर्दैमा हुँदैन अनी सोचमग्न बनेका मेरा मगजहरुले फेरी लेख्नुपर्ने निर्णय गर्यो ।
कविहरु कविता लेखिदिन्छन्, लेखकहरु आ-आफ्ना दक्षताले भेटेको लेख लेखिदिन्छन् किनकी उनीहरुको काम लेख्ने हो । पत्रकारितामा कहिलेकाहीँ व्यवहारिकतालाई छोडेर भावनातिर डोर्याउने कामहरु हुन्छन्, खोलाले बगाईरहेको बटुवालाई समात्न जानु पर्ने पत्रकार भिडियो अन गरेर उसलाई खिच्न भ्याउछन् भने संवेगको हिसाबले त्यसलाई व्यवहारिकतामा लिन सकिदैन ।
अब प्रसंगमा जाउँ पछिल्लो समय भारतसँग नेपालको खटनपटन परिरहेको छ । हुन त हामीले सानैदेखी सुन्दै र भोग्दै आएको कुरा के हो भने भारत ठूलो देश हो हामी साना छौं, भारतले चाह्यो भने हामीलाई जतिबेला पनि हराउन सक्छ । तर पछिल्लो समय भारतीय हस्तक्षेपले नेपाली स्वाधिनता र स्वतन्त्रताको विषयमा एकपटक सोच्नैपर्ने बाध्यता तुल्याएको छ । नेपाल यतिबेला राजनैतिक रुपमा अत्यन्तै जर्जर दिशाविहिन अवस्थामा गुम्रिएको छ । हालै भारतले गरेको अचानक अघोषित नाकाबन्दीले त झन् आर्थिकरुपमा तहस–नहस बनायो नै जनतामा थप भारतप्रति आशंका र त्रास बढाएको छ ।
भारतको नाकाबन्दीले मुलुकमा एक हदसम्म राष्ट्रवादीहरु एकताबद्ध भई चौतर्फि विरोधका आक्रोशित स्वरहरुले जोड–तोडका साथ उठिरहेको छन् । बरु साइकल चलाउन, पैदल हिड्न तयार छौं तर भारतको दासता स्वीकार्दैनौ भनेका छन् । कहिलेत नेपालीहरुलाई प्राकृति प्रकोपले सताएको छ भने कहिले छिमेकी राष्ट्र भारतिय विस्तारवादले सताएको छ ।
नेपाल र नेपालीकाे ईतिहास गौरवपूर्ण भएपनि जब पृथ्वीनारायण शाहले राज्य एकताको लडाई पछि अंग्रेजहरुसँग नेपाली हुनु विरताका लडाई लडेर नेपाललाई बचाउने मात्र होईन पूर्व टिष्टादेखी पश्चिममा काँकडा सम्मको ग्रेटर नेपाल निर्माण गरेका थिए । सामन्तहरु एक आपसको झगडाका कारण राणाहरु शासनमा आए त्यसपछि ब्रिटिससँग राणाहरुको दलालीकरण तथा आत्मसमर्पणवादी चिन्तन हावि भएर आयो ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतले योजनाबद्ध ढंगबाट नेहरुले बनाएको विस्तारवादी नीतिको सिद्धान्तलाई अगाडि बढाए । त्यतिबेलादेखि नै भारतले छिमेकी साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो । सन् २०१५ सम्ममा आफ्नो देशका गाभ्ने योजना थियो । गोहा, सिक्किम, फिजी, भूटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहाँ भएका प्राकृतिक श्रोत साधन दोहन गर्ने दिर्घकालिन योजनाका साथ अगाडि बढ्ने क्रममा सिक्किम र गोहा घोषित रुपमा कब्जा गरी सकेको छ भने भूटान, फिजी र नेपालालई अघोषित रुपमा कब्जा गरि राखेको छ ।
भारतले आर्थिक, सांस्कृतिक, राजनैतिक, प्राकृतिक सबै क्षेत्रमा हस्तक्षेप गरी रहेको छ । गोहा, सिक्किमलाई कब्जा गर्ने तरिका र फिजीलाई कब्जा गर्ने तरिका फरक छ भने भुटान र नेपाललाई हस्तक्षेप गर्ने तरिका फरक फरक छ । भुटानीकरण, सिक्किमीकरण, फिजीकरण गर्ने विधि मध्ये नेपाललाई हस्तक्षेप गर्ने मोर्डन नवऔपनिवेशिकको मोडेल रहेको छ । जस मध्य ३ वटा हस्तक्षेप गर्ने मोडेललाई हेरौं ।


१. भुटानीकरण मोडेलः भुटान देश नेपाल जस्तै भुपरिबेष्ठित देश हो । भारतले पूर्व-पश्चिम र दक्षिणबाट घेरेको छ भने एकापट्टी उत्तरतिर विशाल चिन छ । चिनसँग भुटानलाई कुनै सम्बन्ध राख्न भारतले दिँदैन । भारतले आफ्नो विस्तारवादी नीति अनुसार भुटानका सबै प्राकृतिक श्रोत साधन, राजनैतिक, आर्थिक, सांस्कृतिक मात्र होईन आफ्नो करिब ३५ हजार सेना नै तैथान गरिएको छ । त्यहाँ अर्ध–वाणिज्य, पारवाहन सन्धी, जलस्रोत सन्धी लगायतका करिब २ दर्जन असमान सन्धी सम्झौता गरेर भुटानको राजालाई सेरेमोनियल बनाएको छ । त्यहाँ ठूला-ठूला विकास निर्माणका सबै योजना भारतले संचालन गरेको छ । भुटानको राजालाई त १० प्रतिशत मात्रै सामान्य सामाजिक साना साना विकासका काममात्र दिईएको छ । भुटानको प्राकृतिक श्रोत साधन परराष्ट्र निती सबै भारतद्वारा नै संचालित भएको हुँदा भुटान विश्वको मानचित्रमा मात्र सिमित छ । भारतको पूर्ण हैकम रहेको छ ।

दोस्रो विश्वयुद्ध पछि साम्राज्यवादीहरुले र विस्तारवादीहरुले हस्तक्षेप गर्ने विधिमा नव औपनिवेशिकको रुपमा विकास गरेको यो एउटा उदाहरण हो । त्यहाँको अर्काे उदाहरण भुटानबाट नेपालीभाषीहरुलाई लखेटी करिब १ लाख शरणार्थीहरुलाई भारतले भारतले शरण नदिएर नेपालले शरणार्थी समस्या झेल्नु परेको इतिहास नै छ । तसर्थ नेपाललाई पनि असमान सन्धी १ दर्जनभन्दा धेरै गोप्य र खुल्ला सन्धि गरेको छ । नेपाल र नेपालीहरुलाई संन्धिद्वारा बाधिसकेको छ ।

२. सिक्किमिकरण मोडेलः सिक्किम पनि एउटा सानो थोरै जनसंख्या भएको सुन्दर, स्वतन्त्र देश थियो । नेहरुको डक्ट्रीनको सिद्धान्त लागू गर्नलाई भारतको गिद्धे दृष्टि त्यो स्वतन्त्र शान्त देशमा एकाएक आँखा पर्यो । भारतले विस्तारै व्यापारीहरुलाई सिक्किम प्रवेश गराउँदै लग्यो, मजदुर लग्यो, व्यापारु संन्धि गर्यो, नेताहरु पनि पठायो । थोरै जनसंख्या भएको ठाउँमा भारतले विभिन्न बहानामा प्रवेश गरायो । पार्टी खोलेर नक्कली आन्दोलन सुरु गर्यो । ४-५ वर्षसम्म सिक्किमीहरुलाई हैरानी बनाउँदै लग्याे ।
भारतले योजनाबद्ध ढंगबाट नागरिकताले विधेक सिक्किमीको संसदबाट पास गराउन सफल भयो । आप्रवासिलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरामा भारतले दबाब श्रृजना गर्यो । त्यो माग पुरा गरायो । विस्तारवादी भारतको नंग्राहरु विस्तारै गड्न लाग्यो । एकपछि अर्काे मागहरु तेर्साउँदै आन्दोलन भारतको आप्रवासीहरुले माग राख्न थाले । भारतमार्फत मागहरु पुरा हुँदै गयो । सिक्किममा ३२ जनाकाे संसद थियो । जसमध्ये ३१ जना भारतका मान्छे थिए भने १ जना स्वतन्त्र सिक्किमका पक्षमा १ जना मात्र थिए । जवर्जस्ती जनमत संग्रहका भागलाई संसदबाट नै अनुमोदन गरेर त्यहाँको भारतको दलाल लेन्डाप दोर्जेलाई एउटा प्रान्तको मुख्य मन्त्री घोषणा गर्ने काम भयो । त्यहाँका आदिवासीहरु स्वतन्त्रताको पक्षमा थिए । अान्दोलनलाई पूरै दवाउने काम भयो । सिक्किममा भएका ३ सय सेनानीहरुलाई निसस्त्रीकरण गरेर भारतीय सेनाले कत्लेआम गरेका थिए ।
भारतबाट विभिन्न बहानामा ५ हजारसम्म शसस्त्र सेना भित्र्याइएको थियो त्यही सेनाबाट स्वतन्त्र सिक्किमलाई दमन गरेर भारतले गरेकाे थियो । त्यती बेलादेखि नै चीन स्वतन्त्र सिक्किमको पक्षमा उभिदै आएको छ । विस्तारवादी भारतले नागरिकताद्वारा त्यहाँको देशका जनता भन्दा दोब्बर गराई संसद नै कब्जा गराउने र अन्तिममा सेनाद्वारा हस्तक्षेप गर्ने यो भारतको दोस्रो मोडेल थियो । त्यसैगरि नेपालमा भारतले रातारात घुुसपैठ गराई अंगिकृत नागरिकता र केही वंसजको नागरिकता दिलाउन सफल भएको छ ।

३.फिजिकरणको मोडेलः हिन्द महासागरको छेउमा भारतसँग नजोडिएको फिजी एउटा छुट्टै देश टापु थियो । फिजी व्रिटिसको उपनिवेश थियो । व्रिटिसले भारतबाट मजदुरहरु लगेर उखु लगाउँन, मजदुर, फ्याक्ट्री मजदुरहरु फिजि लगियो । भारत स्वतन्त्रपछि भारतबाट फिजीमा काम गर्ने मजदुरहरुलाई नागरिकता लगायतका विषयहरु राख्दै आन्दोलन शुरु गरे । योजनाबद्ध ढंगबाट थर फेरेर फिजीयाली नागरिकता पाउनको लागि षड्यन्त्रपूर्वक नागरिकता धमाधम पाउन थाले । विस्तारै संसद् हुँदै मन्त्रिपरिषद् नै भारतका जनताहरु नै जाने काम भयो । त्यहाँ महेन्द्र चौधरी प्रधानमन्त्री नै भएपछि भारतले कठपुतली सरकार र सत्ता कब्जा भएको छ । घोषित रुपमा भारत नभएपनि अघोषित रुपमा भारतले नै सत्ता चलाएको छ । सबै नितीहरु भारतको नै लागू गरेर स्वतन्त्र देशलाई उपनिवेश बनाएको छ ।
नेपालमा भारतले २०४५ सालमा सुगौली सन्धी (१८१६) लाई नविकरण गरेर निरन्तरतामा लैजान चहान्थ्यो त्यसबेला राजा विरेन्द्रको राज्यसत्ता थियो भने प्रधानमन्त्री मरिचमान थिए । जस बेला भारतले चौतर्फी नाकाबन्दी गरेर दबाब सिर्जना गरेको थियो । त्यति बेला ७२ दिन नाकाबन्दी भएको थियो । मरिचमान राष्ट्रवादी नेता थिए । विदेशी राष्ट्रहरुको चर्काे दबाबपछि भारतसँग झुकेका थिएनन् ।
राजा विरेन्द्र पनि राष्ट्रवादी भएको देखिन्छ । पछि नाका खोल्ने सम्झौता गरे । यसरी भारतले बारम्बार नाकाबन्दी गरेर नेपालीहरुलाई हैरानी बनाईरहेको छ । दक्षिण एसियामा भारतको एकलौटी दादागिरी गर्न चहान्छ । नेपालमा सन् १९५० देखी नेपाल भारतको अर्ध उपनिवेशिकको रुप खडा हुँदै हालसम्म आउँदा नवउपनिवेशको रुपमा भारतले सञ्चालन गर्दै आएको छ । नेपालमा राणाहरुलाई व्रिटिसले कठपुतली बनाई दलाल बनायो । त्यतिबेला नै गार्खा भर्ति गरेर नेपालीहरुको बहादुरतालाई उपयोग गर्यो । हालसम्म पनि गर्दै आएको छ । विरेन्द्रको वंश नास गर्नमा पनि भारतकै हात छ भन्ने छ । मुख्यतया राजा विरेन्द्र राष्ट्रवादी भएकै कारण राजा विरेन्द्रको वंश नास गरिएको छ ।
राजा विरेन्द्रको पालामा नागरिकताको विधेयक भारतले योजनाबद्ध ढंगबाट घुसपैठ गराई संसदबाट नै नागरिकताको विधेयक पास गराएर राष्ट्रिय सभामा लगिएको थियो । राष्ट्रिय सभामा विरेन्द्रले मनोनित गर्नेहरुको बहुमत हुने भएको हुँदा त्यहाँ आउँदा विधेयक रोकियो र राजा विरेन्द्रसम्म जादाँ त्यो विधेयक खारेज हुन पुग्यो । त्यस विषयमा भारत रिसाएको थियो । जब माओवादी आन्दोलन अगाडि बढेपछि भारतले तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद काेइरालालाई दबाउन चहान्थ्यो । तर विरेन्द्रले यो माओवादी समस्या राष्ट्रको आन्तरिक समस्या हो । यसलाई नियन्त्रण गर्न पुलिस लगाउनु पर्छ, पुलिसले नसके अरु बाटो खोज्नुपर्छ भनेका थिए । सेना परिचालन गर्न चहादैनथ्ये । यि सबै कारणले भारतको आफ्नो स्वार्थ पुर्ती नभई सकेपछि राजा ज्ञानेन्द्रलाई उपयोग गरी विरेन्द्रको वंशनास भएको छ ।
माओवादी आन्दोलनलाई दमन गर्नका लागि पनि भारतले कुनै कसर बाँकी राखेन् । नेपालको माओवादीहरुलाई १२ बुँदे सम्झौता गरी माओवादी आन्दोलनलाई तहसनहस गर्न भारतकै एउटा हात रहेको छ । हुन त मुख्य कुरा त नेतृत्वले आत्मसर्मपण गरेर भएको थियो । प्रचण्ड–बाबुराम मण्डलीहरुले गद्दार गरेका कारणले नै मुख्य हो । तरपनि भारतले नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गरेको कुरा नयाँ र नौलो होईन ।

निष्कर्षः आन्तरिक राष्ट्रियता मजबुत नबनाईकन आत्मनिर्भर अर्थतन्त्रको विकाश गर्न सक्दैनौं । सबैभन्दा पहिला राजनैतिक रुपमा क्रान्ति हुनु आवश्यक छ । लामो समयदेखि सञ्चालित सामन्तवादी व्यवस्थाको रुपमा अन्त्य भएपनि संरचना केही फेरिएको छैन । संरचनामै आमूल परिवर्तन नगरीकन देश आत्मनिर्भर हुन सक्दैन । देशको राज्य सत्तामा भएका सत्ताधारीहरु राणाकालिन व्यवस्थादेखि संसदीय व्यवस्थासम्म दलालिकरण र आत्मसमर्पणवादी चिन्तन कै कारण भारतको पटकपटक नाकाबन्दी नाङ्गो हस्तक्षेपको मूल कारण हो ।

हुनत पछिल्लो समय ‘विश्व एउटा गाउँ’, ‘देश एउटा घर’, ‘मानिस सबै दाजुभाई’ को विश्वव्यापी मान्यतालाई हेर्ने हो भने कुनै पनि देशमा खुला सिमाना हुनुपर्छ, ईन्टरपोलले पनि नीति बनाउनुपर्छ कि कुनै पनि देशमा आफ्नो र अर्काको भनेर साँध नबनाईयोस्, तर शाब्दिक हुंकारले मात्र चल्ने विश्व कुनै खोक्रो साहित्य होईन् । नेपालका सीमा स्तम्भलाई दैनिक एकएक माईल टाढा सार्ने भारतीय गोप्य नीतिले नेपाली स्वतन्त्रतामाथि भुटानीकरण र फिजीकरणको नीतिभन्दा पनि अलग नीतिबाट अगाडी सरेको छ ।

भारतको विकल्पको रुपमा चीनसँग मित्रता बढाउनुलाई भारतले झन् गम्भीर रुपमा हेरेको छ । भारतीय नीति सन् २०३० सम्ममा नेपाललाई कब्जा गर्ने रणनीति छ अबको १५ वर्षसम्म नेपाली राजनीतिले रोड चेन्ज नगरेर यत्तिकै चल्यो भने नेपाल र नेपालीको भविष्य भारतीय चंगुलमा फस्ने निश्चित प्रायः छ । हामी झुक्न नजान्ने नेपालीहरु भारतसँग रणनीति चालमा बच्ने कि लड्ने अब निर्णय गर्नुपर्ने बेला आएको छ ।
देशमा ग्यास छैन, पेट्रोल डिजेलको अभाव भएर १ लिटरलाई ५ सय तिर्दासमेत सहज तरिकाले पाईदैन । मधेसीहरु आन्दोलनमा व्यस्त भैरहँदा देशमा एकतिर भारतको झण्डा जलेको छ भने अर्काेतिर चीनको । त्यसैले अब नेपाललाई भारतले जुन हिसाबले हस्तक्षेप गरिरहेको छ यसबाट सचेतताका साथ अगाडि बढ्न सकिएन भने निश्चित रुपमा नेपाल ईतिहासमा सिमित रहन सक्छ यसको लागी नेपालले पनि रणनीति बनाउनुपर्ने जरुरत छ ।

Post a Comment

 
Top