0

नयाँ वर्षको कोसेली : नयाँ राजनीतिक सिद्धान्त !
निकै लामो चिन्तनपछि राजनीतिशास्त्रमा नयाँ सिद्धान्तको परिकल्पना गरिएको छ, जुन सिद्धान्तको नाम हो- राजनीतिक प्रदुषणको सिद्धान्त ।
नेपाल गौतम वुद्धको जन्मभूमि एवं रामचन्द्रको ससुराली हो । पाणिनि, शंखधर साख्वा, फाल्गुनन्द आदिको चिन्तनभूमि हो । अनि, समाजशास्त्री डोरबहादुर विष्टदेखि राजनीतिज्ञ महेन्द्र, वीपी र मदन भण्डारीसम्मको कर्मभूमि हो । सगरमाथाको फेदबाट नयाँ विचार जन्मनु कुनै अचम्म होइन, स्वाभाविकै हो । अवको नयाँ विश्वको नेतृत्व एशियाले गर्न लागेको छ । यस्तो बेलामा सगरमाथाको फेदबाटै विश्वव्यापी सिद्धान्त जन्मन किन सक्दैन ?
राजनीतिक प्रदुषणको सिद्धान्त त्रिविमा राजनीतिशास्त्रको शोधपत्र लेख्ने क्रममा तयार पारिएको हो । यसलाई नयाँवर्ष २०१६ सँगै चाँडै नै पुस्ताकाकारमा बजारमा ल्याइँदैछ । आशा छ, सन् २०१६ को आगमनसँगै पृथ्वीभरिका राजनीतिक विश्लेषकहरुले यसमाथि अवश्यै बहस गर्नेछन् ।

Post a Comment

 
Top