पृथ्वीनारायण शाहका १० गलत कार्य
इतिहासमा यस्ता पात्रहरु छन्, जो सदा सर्बदा विर्सनै सकिँदैन । सकारात्मक पक्षको खोजी गर्दा वा नकारात्मक पक्षको खोजी गर्दा पनि ती पात्रहरुलाई सदा सम्झिनै पर्ने हुन्छ । तिनैमध्ययेका एक हुन्, पृथ्वीनारायण शाह । भनिन्छ, पृथ्वीनारायण यस्ता ब्यक्ति हुन्, जसले विभाजित अवस्थामा रहेका बाइसे र चौबिसे राज्यहरुलाई एक ठाउँमा गाभेर महान नेपाल बनाए ।
हुनत, इतिहास जित्नेहरुको लेखिदै आएको छ । हार्नेहरु आफ्नो अमूल्य जीवनको कुवार्नी दिएर पनि गुमनाम बाँच्न विवश हुन्छन् । आजसम्म विश्वमा ठूला ठूला उथलपुथलहरु भए । सम्पूर्ण युद्ध र क्रान्तिहरुमा लाखौं मानिसले आफ्नो ज्यान गुमाए । तर सन्ततीलाई कुनै सम्राट र राजामहाराजाको मात्रै झुटो इतिहास पढ्न लगाइयो ।
राजा–महाराजाले गरेका साना साना कामलाई पनि पढाईचढाई ठूलो बनाएर घोक्न लगाइयो । आजसम्मको नेपाली इतिहासमा पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको निमार्ताकै रुपमा चित्रण गरिन्छ । तर उनले गरेका नकारात्मक कार्यहरुलाई भने इतिहासकारहरुले लेख्ने गरेका पाइँदैन ।
नेपालमा गोर्खा राज्य विस्तार गर्ने क्रममा पृथ्वीनारायण शाहले गरेका १० कुकृत्यहरु यस्ता थिए :
१.ललितपुरका पाँच प्रधान(मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए । पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले प्रधानहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए ।
२. भक्तपुर जितेपछि पृथ्वीनारायण शाहले त्यहाँ निकै लुटपाट मच्चाएका थिए । उनका सेनाले हस्तलिखित एक हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए । त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र आदि रहेका थिए ।
३. राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो । पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो । भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर उनको शासनकालमा हरायो । २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो । भूपतिन्द्र मल्लको शालिक चोरी भयो ।
एक हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए । त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र आदि रहेका थिए ।
४. मल्लहरुले राम्रा–राम्रा नक्साहरु बनाएर औद्योगिक क्रान्तिको जग बसाउन सुरु गरेका थिए । जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए । त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए । त्यही नक्साका आधारमा गोर्खालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो । त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो ।
५. त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गथ्र्याे । तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिएनन् । साथसाथै व्यापारमा पनि धेरै कर बढाए । हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए । अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए ।
हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए । अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए ।
सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो । पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो ।
६. भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु प¥यो । आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन् । आजभोलि पनि वृद्धवृद्धाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए ।
दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो । १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो । पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए ।
राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए ।
७. पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए । अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो ।
८. पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा प¥यो । त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए । तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए । तर कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए । त्यसपछि त जयन्त रानालाई उनले गर्नु नगर्नु सास्ती गरे । जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो । जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ ।
९. इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि, पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हड्पिएका थिए । द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन् । बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे ।
जयन्त रानालाई उनले गर्नु नगर्नु सास्ती गरे । जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो ।
१०.बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ । तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए । नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोर राखिन्छ ।
त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन् । जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो ।
Post a Comment