साफ च्याम्पियनसिप उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने
१७ पुस
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् । भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । अर्को सेमिफाइनल खेलमा साविक विजेता अफगानिस्तानले श्रीलंकालाई ५–० को विशाल गोल अन्तरले पराजित गर्यो ।
पहिलो हाफमा १–० ले पछि परेको श्रीलंकाविरुद्ध अफगानिस्तानले दोस्रो हाफमा लगातार ४ गोल गर्यो । यसैबीच, अफगानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफगानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।
Post a Comment