0

आयुक्त बरालको विवाद संवैधानिक इजलासले हेर्नेे

माघ ६

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको पदावधि विवादलाई सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउने भएको छ ।

न्यायाधीश सुशीला कार्की र देवेन्द्र गोपाल श्रेष्ठको संयुक्त इजलासले संविधानसँग सम्बन्धित विषय भएकाले संवैधानिक इजलासमा पठाउने भएको हो ।
आयुक्त बरालले आफूले शपथग्रहण गरेको दिनबाटै आफ्नो कार्यकाल गणना हुनुपर्र्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
आयुक्त बरालले २०६६ साल माघ ५ गते अख्तियारको आयुक्त नियुक्त भएका थिए । तर पदभार ग्रहण भने चार वर्षपछि २०७० साल पुस २५ गते मात्र गरेका थिए ।

Post a Comment

 
Top