श्रीमती जमुनाको नजरमा ‘बाघे’

खेल्ने क्रममा आजभन्दा २२ वर्षअघि मेरो बाघेसँग भेट भएको हो । उहाँ बक्सिङको खेलाडी हुनुहुन्थ्यो, म सितोरिया कराँतेको । रंगशालामा अभ्यास गर्ने क्रममा भएको सामान्य देखादेखले कतिबेला प्रेमको रुप लिएछ, हामी दुवैले पत्तै पाएनौं । गहिरो प्रेममा परेको एक वर्षपछि नै हामीले बिहे गर्यौं । परिवारकै सहममतिमा हामीले अन्तरजातीय विवाह गरेका हौं ।
मान्छेहरुले उहाँ (बाघे)लाई गुन्डा नाइके भनेर प्रचारित गर्छन्, तर उहाँ चर्चा गरिएजस्तो मान्छे हुँदै होइन । उहाँलाई मैले जसरी नजिकबाट अरु कसैले चिनेकै छैन । २२ वर्षदेखि उहाँसँग संगत गरेको छु, तर मैले उहाँमा कहिल्यै गुण्डा नाइकेको लक्षण भेटेको छैन ।
मान्छेहरुले गुण्डासँग प्रेम गरेर विवाह गर्न डर लागेन भनेर मलाई प्रश्न गर्छन् । तर, उहाँ निकै मिलनसार र समझदार व्यक्ति हुनुहुन्छ । समझदार र मिलनसार भएकाले नै मैले इन्टरकास्ट विवाह गर्ने निर्णय गरेर उहाँलाई रोजेको हुँ । यदि उहाँ गुण्डा नै हुनुहुन्थ्यो भने मैले उहाँलाई कुनै पनि हालतमा रोज्ने थिइनँ ।
हामीले विवाह गरेका नै २१ बितिसक्यो । हाम्रो दुई सन्तान छन् । छोरी नर्सिङ र छोरा प्लसटुमा अध्ययनरत छन् । तर, मैले अहिलेसम्म उहाँले गुन्डागर्दी गरेको थाहै पाएको छैन ।

उहाँलाई अरु मान्छेले खेलाएको मात्र हो, उहाँले त्यस्तो नचाहिने कर्म गरेको पट्क्कै होइन । त्यस्तो गुण्डागर्दी गर्ने मान्छे भएको भए म २२ वर्षसम्म उहाँसँग बस्न सक्ने थिइनँ होला । बाघेले गुन्डागर्दी गर्यो भनेर लगाइएको आरोप पूरै वाहियात र बकबास हो ।
बाघेले गुण्डागर्दी गर्यो भनेर हल्ला गरिन्छ तर, अहिलेसम्म कसैले पनि उहाँलाई प्रमाणसहित पक्राउ गर्न सकेको छैन । प्रहरीले धेरै पटक नियन्त्रणमा लिएको त छ तर बिनाप्रमाण । बाघेलाई गुन्डा भन्नेहरुलाई मेरो प्रश्न छ – बिनाप्रमाण कसैलाई गुण्डा भनेर भन्न मिल्छ ?

गुण्डा भन्नेहरुलाई मेरो बिनम्र आग्रह छ कि त उहाँले गरेका गुण्डागर्दीका प्रमाणसहित पेस गर्न सक्नुपर्यो होइन भने बिना आधार आरोप लगाएर बदनाम गर्न भएन । यदि कसैले उहाँले गुण्डागर्दी र अपराध गरेको पुष्टि गर्न सक्छ भने हामी त्यसको जस्तोसुकै सजाय भोग्न पनि तयार छौं । तर, पत्रपत्रिकाको भरमा उहाँको चरित्र हत्या गरेर दुःख दिन पाइँदैन ।
उहाँले अहिलेसम्म कसैलाई दुःख दिनु भएको छैन । छरछिमेक र साथीभाइसँग पनि उहाँको बारेमा सोधे हुन्छ । बरु उहाँमा दुःखमा परेका असहायलाई सहयोग गर्ने आदत बसेको छ । हुन त सबै मान्छे सबैलाई मन पर्दैनन् । गौतम बुद्धका पनि आलोचक थिए भने बाघेको बिरोधी नहुने कुरै भएन । यो स्वभाविक कुरा हो । तर, उहाँ चर्चा गरिएजस्तो अपराध कर्ममा रमाउने र त्यसबाट फाइदा लिन खोज्ने स्वभावको मान्छे बिल्कुल हुँदै होइन । मेरो नजरमा त उहाँ शिव भगवान देवता नै हो ।
फुटबल, खेलकुद, बक्सिङमा उहाँको रुचि छ । उहाँले जीवनको लामो कालखण्ड बक्सिङ खेलेर बिताउनु भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उहाँले खेल्नु भएको छ । समाजसेवामा पनि उत्तिकै रुचि राख्नुहुन्छ । तर, गर्दागर्दै पनि मानिसहरु आलोचना गर्छन् । गरे पनि नहुने, नगरे पनि नहुने । मान्छेहरु आलोचना मात्र गर्छन् । तर,उहाँ आलोचना गर्नेले गरे भनेर निरुत्साहित हुनु भएको छैन, समाजसेवाको काममा उत्तिकै लागिरहनु भएको छ ।

मनिसहरु बाघेले गुण्डागर्दी गरेर पैसा कमायो, ठग्यो भन्छन् । तर, हामी दुवै जना आफ्नै मेहनतले बाँचिरहेका छौं । मेरो श्रीमान् (बाघे) बालुवा, गिटीको डिपो सञ्चालन गर्नुका साथै निर्माणको काम गर्नुहुन्छ । मैले पनि कस्मेटिक फेन्सी पसल खोलेर काम गर्दै आएको छु । गुण्डागर्दी गरेर मनग्य पैसा कमाएको भए हामी किन यस्तो काम गथ्र्यौं र ? सुतेर खाइहाल्थयौं नि ?
उहाँ बिहान देखि बेलुका सम्म आफ्नै काममा व्यस्त हुनुहुन्छ ।मैले अहिलेसम्म उहाँले गुन्डागर्दी त पर जाओस्, सामान्य ठाकुठुक बाहेक झगडा गरेको पनि देखेको छैन ।
पछिल्लो समयमा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटे इन्काउन्टरमा मारिए । मानिसहरुले उहाँको नाम जोड्दै भागेको चर्चा पनि गरे । तर, उहाँ यस्ता कुराबाट कत्ति पनि बिचलित हुनुभएन । गल्ती नै नगरी किन डराउने ? उहाँ केही गुण्डा नाइकेको इन्काउन्टर भए पनि निर्धक्क नेपालमा नै बसिरहनु भएको छ ।
पत्रिकामा ३ महिनादेखि बाघे गायव छन् भनेर लेखिएको छ । यो वाहियात कुरा हो । दुई महिनाअघि हनुमानढोका प्रहरीले बोलाएर हामी दुवैलाई नराम्रो नगर्न सुझाएको थियो । त्यसपछि उहाँ नेपालमै हुनुहुन्छ, देश छाडेर कतै जानुभएको छैन । तर, मान्छेहरु हचुवाको भरमा कुरा गरिरहेका छन् ।
१४ गते बाघेले घटना घटाए भनेर पत्रिकाले प्रचार गरेका छन् । तर, हामी १४ गते यहाँ नै थिएनौं, १३ गते दिउँसो ११ः३० फ्लाइटमा बैंकक उडेका थियौं । बैंकक १३ गते नै उडेका बाघेले कसरी १४ गते घटना घटाए ? मलाई मान्छेहरुले लगाएको आरोप सुनेर तुजुक लागेको छ । यी सबै षड्यन्त्रबाहेक केही होइन ।

रानीवनमा भइरहेको प्लानमा उहाँलाई अध्यक्ष उठाउने योजना थियो । छिमेकीहरुले बाघेलाई उठायो भने विकास हुन्छ भनेर उहाँलाई उठाउने तयारी भइरहेको थियो । तर अहिले उहाँलाई प्लानिङको एकीकरणको काम गर्नबाट रोक्न गिरफ्तार गराइएको छ, गुण्डागर्दी गरे भनेर प्रचारित गरिएको छ । यी सबै कुरा वाहियात हुन् ।
Post a Comment