0

दुर्घटनामा एकको मृत्यु, ३० घाइते 

माघ ६

– कालुपाण्डे मार्गअन्तर्गत धादिङको कुम्पुर गाविसको परेवाटारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

-Dhading-Accidebt
धादिङको ढोला मण्डलीमा पूजा गरेर फर्किएका यात्रु चढेको ट्याक्टर दुर्घटनामा ३० जना घाइते भएका छन् ।
घुम्तीमा अनियन्त्रित भई सडकमै पल्टिँदा गजुरी गाविस–१ का खड्गबहादुर उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका उप्रेतीको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
बा५च ४९१८ नम्बरको ट्याक्टर पल्टिँदा घाइते भएका अन्य यात्रुमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरूको गजुरीकै अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Post a Comment

 
Top