0
प्रहरी निरिक्षक अख्तियारको फन्दामा
 
माघ २१ 
चितवनको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक अक्वीका प्रसाद गुप्तालाई अख्तियारले घुस सहित पक्राउ गरेको छ । 
 
गुप्तालाई सेवा ग्राही संग लिएको नगद ८ हजार सहित पक्राउ गरिएको हो  । जिल्ला प्रहरी कार्यालयमा समेत नराम्रो छविज रहेको प्रहरी, निरिक्षक गुप्ताको चरित्रको बारेमा क्षेत्रिय प्रहरी कार्यालयमा समेत यजुरी परिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
गिरफतार भएका गुप्ता मध्य क्षेत्र प्रहरी तालिम केन्द्र सरुवा भई सके पनि काजमा खैरहनी  ईलाका प्रहरी  कार्यालयमा रहिरहेको र रवाना लिन मात्र बाकीँ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

Post a Comment

 
Top