बहुलाहा कुकुरको टोकाइबाट १७ घाइते
माघ २१
– बहुलाहा कुकुरको टोकाइबाट बझाङमा १७ जना घाइते भएका छन् । जिल्लाको रायल गाविसमा पाँच, देउलेख गाविसमा सात र सुनकुडा गाविसमा पाँचजना गरी १७ जना बहुलाहा कुकुरको टोकाइबाट घाइते भएका रायल प्रहरी चौकीका असई दुलभ सिंह साँकीले जानकारी दिए ।
“आज मात्रै रायलमा मात्र पाँचजनालाई बहुलाहा कुकुरले टोकेको छ,” असई साँकीले भन्नुभयो – “देउलेख गाविसमा सात र सुनकुडा गाविसमा पाँचजना टोकेको भन्ने बुझिन आएको छ ।” बहुलाहा कुकुरलाई रायल प्रहरी चौकीबाट खटिएको टोली र स्थानीय जनताले नियन्त्रणमा लिई मारेको बताइएको छ ।
Post a Comment