0

पश्चिम नेपालमा विप्लव माओवादीको सक्रियता बढ्यो

photo (3)photo (6) – ‘जनयुद्धले लिएका लक्ष्य र उद्देश्य अझै पूरा नभएको’ भन्दै सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव नेतृत्वको माओवादीले सुदूरपश्चिमका जिल्लाहरुमा जनयुद्धकाललाई सम्झाउने खालका गतिविधिलाई तीव्र पार्दै लगेका छन् ।
विप्लव माओवादीले पछिल्ला केही दिनयता सक्रियता ह्वात्तै बढाएर सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली र डडेल्धुरालगायतका जिल्लाहरुमा जनपरिषद् नाम दिएर  जनयुद्धकालमा गठन गरिएजस्तै अभ्यास  गर्दै जनसरकार गठन गरेका छन् । गठित जनपरिषद्ले हस्तक्षेपकारी भूमिका नखेले पनि त्यसलाई हस्तक्षेपकारी बनाउने नीति विप्लव माओवादीले लिएको छ । ‘विप्लव माओवादीले सुदूरपश्चिमका जिल्लाहरुमा सक्रियता ह्वात्तै बढाएको छ,’ विश्वस्त स्रोतले भन्यो, ‘उसले १० वर्षे जनयुद्धकै अभ्यास गरेर जनसरकार गठन गरिरहेको छ ।’
विप्लव माओवादीले भर्खरै मात्र सामनाका केन्द्रीय कलाकारको साथमा डोटी, अछामलगायतका जिल्लाहरुमा हतियारसहित सांस्कृतिक कार्यक्रम गरेको छ । सोमबार मात्रै उसले सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम राजपुरमा वृहत आमसभा गरेको थियो, जसमा गाउँगाउँबाट आएका मानिसको संख्या नै २००० भन्दा माथि थियो ।
स्रोतले विप्लव माओवादीले पश्चिम नेपालमा आफ्नो गतिविधि सशक्त बनाउँदै लगेको दाबी गरेको छ । विश्वस्त स्रोत गुप्त रुपमा छापामार तालिम दिएर युद्धको तयारीलाई विप्लव माओवादीले भित्रभित्रै व्यापक बनाएको दाबी गर्छ ।
स्रोतका अनुसार उसले पश्चिम नेपालका जिल्लास्तरीय पदाधिकारीलाई समेत छापामार तालिम दिइसकेको छ ।‘उसले आफ्ना जिल्लास्तरीय पदाधिकारीहरुलाई छापामार तालिम दिइसकेको छ,’ स्रोत भन्छ, ‘यसले पनि विप्लव माओवादी सशस्त्र संघर्षका लागि उद्यत रहेको देखाउँछ ।’
पार्टी कार्यकर्तालाई गोप्य प्रशिक्षण
विप्लव माओवादीले पश्चिम र सुदूरपश्चिमका जिल्लाहरुमा आफ्ना कार्यकर्ताहरुलाई थप प्रशिक्षत गराउँदै लगेको छ । स्रोतका अनुसार उसले कार्यकर्ता प्रशिक्षितका लागि आइतबार मात्रै धनगढीमा प्रशिक्षण कार्यक्रम गरेको थियो जहाँ विप्लव भूमिगत तरिकाले प्रशिक्षण दिएर फर्किएका थिए ।
सबै वर्गीय संगठनका कार्यकर्ताहरुको भुगोल परिवर्तन
विप्लवले युद्धको पूर्वतयारीलाई व्यापकता दिँदै आफ्ना सबै वर्गीय संगठनका कार्यकर्ताहरुको भूगोल परिवर्तन गराएको छ । आफ्नो स्थायी ठेगाना भएको स्थानबाट उसले सबै कार्यकर्तालाई अन्यत्र पठाएको हो । ‘

Post a Comment

 
Top