खिड्की नाकाका १२ घरगोठ जले
भारतीय जङ्गलमा लागेको डढेलो दाङको राजपुर–९ भैसाहीको खिड्की नाकाको एउटा बस्तीमा सल्किँदा १२ घरगोठ जलेर नष्ट भएका छन् ।
जङ्गलको आगो बलबहादुर खड्काको घरबाट सल्किएको भैसाहीबाट अमृत खड्काले जानकारी दिनुभयो । आगोले १० घर र दुई गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आगलागीबाट खिड्की नाकाका नवीन सुनार, रमेश श्रेष्ठ, रुद्रबहादुर शाही, चङ्खबहादुर खड्का, लीलबहादुर खड्का, केदार खड्का, लोकेन्द्र चन्द, सुकलाल परियार र पूजा परियारको घर पूर्णरुपले जलेका छन् ।
आइतबार साँझदेखि लागेको आगो भैसाहीबाट गएका युवा, स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका छन् ।आगलागीबाट मानवीय क्षति नभएपनि भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।
Post a Comment