0

अझै पनि दैनिक ४० वटा परकम्प

 वैशाख १२ नजिकिँदै गर्दा ज्योतिषीहरुले वर्ष अन्तिम दिन सचेत रहने बताएपछि यसको तरंग लैनचौरमा परेको छ ।

ज्योतिषीले चैत २९ र ३० गते अनिष्ट हुन सक्ने बताएको भन्दै सामाजिक सञ्जालहरु सार्वजनिक भएपछि यस्तो अपवाहमा कोही पनि नपर्न भूकम्प मापन केन्द्रले आग्रह गरेको छ ।
विभिन्न ग्रह दशाहरुका कारण जनाउँदै ज्योतिषिहरुले वर्ष २०७२ मै अनिष्ट हुने बताएको भन्दै केही दिनयता सामाजिक सञ्जालहरुमा भाइरल बन्दै आएको छ । ज्योतिषीको भविष्यवाणीसँगै शनिवार शनिवार बेलुका भैंसेपाटी केन्द्र भएर परकम्पको ठूलो झड्काले काठमाडौंबासीलाई झस्काएको छ ।
तर ज्योतिषीले भनेजस्तो समयम भूकम्प आउने कुनै सम्भावना नै नरहेको भन्दै केन्द्रका प्रमुख लोकबिजय अधिकारीले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।
ठूलो भूकम्प गएपछि पराकम्पहरु जन एक वर्षभन्दा बढी लाग्ने भन्दै उनले अहिले पनि दैनिक ४०वटा परकम्पहरु गइरहेको उल्लेख गरे । त्यस्ता साना पराक्पले कुनै असर नगर्ने भन्दै ठूला भूकम्पको कसैले भविष्यवाणी गर्न नसक्ने उनले बताए ।
लुटपाट तथा चोरी गर्ने गिरोहले भूकम्पवारे अफवाह फैलाएको हुन सक्ने भन्दै सुरक्षा निकायले पनि कुनै भ्रममा नपर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा अपवाह फैलाउनेलाई कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।
गत बैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र विन्दू बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि त्यसको परकम्पन जानेक्रम अझै बाँकी रहेको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए ।

Post a Comment

 
Top