ऐतिहासिक चैत्राष्टमी मेला
वैशाख २
– बागलुङमा लाग्ने ऐतिहासक चैत्राष्टमी मेला बुधबारदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा चैतै दसैँका अवसरमा आयोजित मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । ‘गन्तव्य बागलुङ कालिका ः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला सुरु गरिएको हो । बागलुङमा दशकौँअघि देखि हुँदै आएको चैत्राष्टमी मेला देशमै प्रसिद्ध मानिन्छ । पवित्र शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा सुरु भएको मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम राखिएको छ ।
मेलास्थल वरपर विभिन्न घरेलु उत्पादनका वस्तु बिक्रीका लागि राखिएको छ । मेलामा राष्ट्रिय लोकदोहारी प्रतियोगिता, भलिबल, छेलो र घैँटो फोर प्रतियोगिता प्रमुख आकर्षणका रुपमा रहेका छन् । स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन, मौलिक कला, संस्कृतिको प्रस्तुति पनि राखिएको मूल आयोजक समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
बुधबार चर्चित लोकगायक खड्ग गर्वुजा लगायतका कलाकार ले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए ।
बुधबार चर्चित लोकगायक खड्ग गर्वुजा लगायतका कलाकार ले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए ।
Post a Comment