0
साउदीमा रहेका यवाले २७ लाख रुपैयामा निर्माण गरेको ३ किलोमिटर सडकसाउदीमा रहेका यवाले २७ लाख रुपैयामा निर्माण गरेको ३ किलोमिटर सडकको उद्घाटन गरियो











वैशाख २,
वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका पाँचथर भारपा ५ का समाजसेवी श्री यवाले लाखौँ रुपैयाँ खर्चेर निर्माण गरेको मोटरबाटोको बुधबार उद्घाटन गरिएको छ । संघीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले मोटरबाटो उद्घाटन गर्नुभयो । उहाँले यवाले समाजको विकासमा गरेको कार्य महत्वपूर्ण रहेको भन्दै युवालाई समाजको विकासमा लाग्न सुझाव दिनुभयो ।
 
कार्यक्रमलाई केन्द्रिय उपाध्यक्ष विष्णु तुम्बाहाम्फेले पनि सम्बोधन गर्दै यवाले मोटरबाटो निर्माण गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
 
समाजसेवी यवाले मेची राजमार्ग अन्तर्गत भारपा ५ को डोकुलेदेखि मानेडाँडा निमावि सम्मको करिव ३ किलोमिटर मोटरबाटो २७ लाख रुपैयाँ खर्चेर निर्माण गर्नुभएको हो ।
उहाँ हाल साउनी अरबमा विभिन्न गेष्ट हाउस सञ्चालन गर्दै आउनु भएको छ । गाउँको विकासका लागि आफूले सहयोग गरेको उहाँको भनाई छ ।
यसअघि गाउृँमा मोटरबाटो नहुँदा विरामी डोकोमा वोकेर लैजानुपर्ने तथा गाउँमा उत्पादन भएको अदुवा र कुचो लैजान तथा अन्य सामान ओसार पोसार गर्न सहज भएको यवाका काइला हजुरबा नगेन्द्र यवाले जानकारी दिनुभयो । 

Post a Comment

 
Top