0

 दौरीभर्वामा आगलागी 

वैशाख १

 – सप्तरीको दौरीभर्वा गाविसमा आज बिहान आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको छ ।

जिल्लाको दौरीभर्वा–६ निवासी सोफी मण्डलको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजलगायत ६ परिवारको १४ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सो आगलागीमा परी दुई वटा बाख्रासमेत मरेको बताइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन घरमा रहेको नगद जिन्सी गरी रु २५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Post a Comment

 
Top