0
स्वास्थ्यमा खेलवाड गर्दै पानीउपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै ‘माइ च्वाइस’ पानी
१ बैशाख
कुनै पनि उपभोग्य वस्तु उत्पादन गर्ने कम्पनीले उत्पादन भएको वास्तविक मिति खुलाएर उत्पादन भएको मिति र उपभोग्य अवधि टा“सी बजार पठाउनुपर्ने हुन्छ । तर, हेटौंडाको एक पानी उद्योगले भने बजारमा पठाएको पानीमा एकपहिनापछिको उत्पादन मिति टा“स्ने गरेको खुलासा भएको छ ।
 
हेटौँडा औद्योगिक क्षेत्रमा रहेको मकवानपुर वेभरेज प्रालिले करिब एक महिनाअघि नै बजारमा पठाएको माइ च्वाइस नामक पानीमा उत्पादन मिति २०१६ अप्रिल १८ उल्लेख गरिएको छ । यद्यपी बोतलमा तोकिएको उत्पादन मितिभन्दा करिब १५ दिनअघि नै पानीको उपभोग भइसकेको छ ।
 
अप्रिल १८ गते उत्पादन भएको पानी १२ तारिख मै खपत भैसकेको छ । करिब दुइ हप्ताअघि ग्रिनलिफ क्याफेमा ल्याइएको पानीको बोतलमा झुठो उत्पादन मिति लेखिएको भनी सोमबार एक ग्राहकले जानकारी गराएपछि कम्पनीको लापरबाही बारे खुलासा भएको हो ।
 
लामो समयसम्म स्टक रह“दा पनि स्टिकरको आधारमा पानीको उपभोग्य म्याद नसकिएको भ्रम पार्न यस्तो चलाखी गरिएको हुनसक्ने ति ग्राहकको अनुमान छ । झुठो उत्पादन मिति टा“सेर उपभोक्ताको स्वास्थ्यमाथि नै खेलवाड गरेको भन्दै ती उपभोक्ताले सरकारी निकायको फितलो अनुगमनको फाइदा व्यवसायीले उठाइरहेको आरोप लगाए ।
 
सर्वसाधारणको भविष्यमाथि खेलवाड गर्ने यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ । यता उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सचिव बासु खतिवडाले उद्योगमा उत्पादन भएको सबै पानीको अनुगमन गरी उद्योगलाई कार्वाहीको दायरामा ल्याउन माग गरे । ‘उद्योगले जे ग¥यो त्यो गलत ग¥यो ।
 
यसरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नुलाई कदापी राम्रो मान्न सकिन्न’, उनले भने, ‘यस कम्पनीको सञ्चालक उद्योग वाणिज्य संघ र उद्योग संघकै अध्यक्ष रहेको भन्ने बुझेको छु । जिम्मेवार पदमा रहेका मानिसहरु नै उपभोक्ताको स्वास्थ्यमा कत्तिको संवेदनशील छन् भन्ने यो गतिलो उदाहरण हो ।’
 
उद्योगमा सिल गरिनुपर्ने माग गर्दै उनले यस बिषयमा प्रशासनसंग छलफल गर्ने जानकारी दिए । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा पानी उद्योगका सञ्चालक समेत रहेका उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले फोन उठाएनन् ।

Post a Comment

 
Top