‘मुलुकलाई राष्ट्रिय एकताको खाँचो
२ वैशाख
उपप्रधानमन्त्री सिपी मैनालीले मुलुकलाई राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । नागरिक एकता समाजले आज यहाँ आयोजना गरेको राष्ट्रिय सेवा सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले प्रतिपक्षी र आन्दोलनरत मधेसी दललाई मिलाएर लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाली जनताको ६५ वर्षे सपना संविधान निर्माणसँगै पूरा भएको छ अब यसलाई कार्यान्वयन गर्नुपर्छ ।”
समाजका अध्यक्ष सीताराम कार्की र उपप्रधानमन्त्री मैनालीले सांसद कमला विश्वकर्मा, वरिष्ठ छातीरोग विशेषज्ञ डा दीर्घसिंह बम, पशुपति बहुमुखी क्याम्पसका संस्थापक विष्णुप्रसाद पन्त, ज्ञान निकेतन उमाविका संस्थापक शेरबहादुर कुँवर, एकीकृत नेकपा९माओवादी० काठमाडौँ सचिव रेणु दाहाल, आचार्य गुरु तुलसीराम पोखरेल, पूर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलगायत २५ व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।
Post a Comment