0
शिवपुर गढी उत्खनन् पुरातात्विक महत्वको सामान फेला
जनकपुरधामको ऐतिहासिक महत्वको शिवपुर गढी अर्थात राजा जनकको दरवार रहेको क्षेत्रको पुरातत्व विभागको टोलीले उत्खनन् शुरु गरेको छ । 
 
जनकपु्रको ५२ विघाको रुपमा रहेको सो ठाउँमा राजर्षि जनकको दरवार रहेको अनुमान गरिएकोमा पुरातत्व विभागले उत्खनन् शुरु गरेको छ । उत्खनन्को क्रममा निक्कै पुरानो माटाको भाडोहरु  फेला परेको छ । 
 
सो ऐतिहासिक ठाउको दुई वटा ठाउँमा अहिले उत्खनन्को काम जारी नै रहेको छ । अरु केही दिनसम्म जारी नै रहने शिवपुर गढी ५२ विघा क्षेत्र संरक्षण समितिका सल्लाहकार रामगोविन्द यादवले बताएका छन् । विगत चार दिन देखि उत्सनन् जारी नै रहेको छ । 
 
पुरातत्व विभागका चार सदस्यीय टोलीले शिवपुर गढी क्षेत्रको उत्खनन्को काम जारी नै राखेका छन् । फेला परेका माटाका भाडाहरु कतिको पुराना रहेको छ त्यसको वारेमा विभागले केही जनाएको छैन । 

Post a Comment

 
Top