ललितपुरको सातदोबाटोमा झोलाभरी पैसा
– ललितपुर प्रहरीले आइतबार बिहान सातदोबाटोबाट नगदसहितको झोला बेबारिसे अवस्थामा फेला पारेको छ ।

महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको प्रहरी टोलीले सातदोबाटो चोकवाट बेवारिसे अवस्थामा रहेको रातो रंगको नगदसहितको झोला फेला पारेको हो । झोलाभित्र नेपाली रुपयाँ ३७ हजार आठ सय ६५, भारतीय रुपयाँ १६५०, महिलाको कपडा र पुजा सामग्री भेटिएको र त्यसलाई सुरक्षित साथ राखिएको भन्दै प्रहरीले सम्वन्धित व्यक्तिलाई स–प्रमाण प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
Post a Comment