0
अगुल्टोले हिर्काउँदा श्रीमतीको मृत्यु चैत २९
भोजपुरको सानोदुम्बामा गएराती श्रीमान्को अगुल्टो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । 
मृत्यु हुनेमा सानोदुम्बा गाविस –९ की  ५३ वर्षीया प्रेमकुमारी राई रहेकी छन् । 
राती घरायसी सामान्य विवादमा श्रीमान् बमबहादुर राईले चुलोमा बलिरहेको अगुल्टाले टाउकोमा हिर्काउँदा गम्भिर घाइते भएकी प्रेमकुमारीको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 
श्रीमतीलाई अगुल्टाले प्रहार गर्ने बमबहादुरलाई प्रहरी चौकी वास्तिमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Post a Comment

 
Top