0
आगलागीबाट रु ३३लाख क्षति
२ वैशाख 
फिदिम नगरपालिका–६ कुकुरमारा सामुदायिक वनमा केही दिनअघिदेखि लागेको आगो आज बस्तीमा पस्दा पाँच घर र दुई गोठ जलेर नष्ट भएका छन् । 
 
हावाहुरी चलेका कारण आगो बस्तीमा पस्दा स्थानीयवासी लक्ष्मी अधिकारी, हरिलाल घिमिरे, देवी भण्डारी, त्रिलोचन नेपाल र सन्तोष राईका घर तथा गोठ जलेर नष्ट हुँदा रु ३३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
आगलागी स्थानीयवासी र जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top