0
                       बेनी–जोमसोम सडक खुल्यो
२० असार 
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि खुलेको छ । 
म्याग्दीको तितर, काभ्रेको घोप्टेभिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले असार १७ गतेदेखि अवरुद्ध सडक मर्मतपछि आज बिहानदेखि सञ्चालन भएको हो । 
सडक डिभिजन कार्यालय, प्रहरी, यातायात व्यवसायी र स्थानीयवासीको पहलमा पहिरो हटाउने तथा मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको दाना प्रहरी चौकीले जनाएको छ । 
सडक मर्मतका लागि सडक डिभिजन कार्यालय बागलुङको एक र निजी क्षेत्रको अर्को एक वटा डोजर परिचालन भएको थियो । सडक अवरुद्ध हुँदा रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेका दानाका होटल व्यवसायी इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । 
निरन्तरको झरीसँगै खसेको पहिरोका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक, मुक्तिनाथ जाने आउने तीर्थयात्री र स्थानीय बासिन्दा समस्यामा परेका थिए । सडक मर्मतपछि बेनीदेखि जोमसोमसम्म सिधा यात्रा गर्न सकिने दाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले बताउनुभयो । 

Post a Comment

 
Top